×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कुमारी बैंकको २०% हकप्रद भर्ने म्याद ४ दिन मात्र बाकी, कहाँ जाने सेयर भर्न ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

कुमारी बैंकको २०% हकप्रद भर्ने म्याद ४ दिन मात्र बाकी, कहाँ जाने सेयर भर्न ?

२८ जेष्ठ २०७५, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – कुमारी बैंकको २०% हकप्रद भर्ने समय अब ४ दिनमात्र बाँकी रहेको छ । लगानीकर्ताले जेठ ३१ गतेभित्र यस हकप्रदमा आवेदन दिइसक्नुपर्नेछ । यसआधारमा सोमबारसहित गरेर गरेर ४ दिन मात्र समय बाँकी रहेको छ । बैंकले वैशाख २८ गतेदेखि १ करोड १९ लाख ३८ हजार ९९१.६५ कित्ता हकप्रद सेयर बिक्री खुला गरेको हो । 
बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटल लाजिम्पाट सहित यसका शाखा कार्यालय लालदरबार काठमाडौं, लगनखेल ललितपुर, चिप्लेढुंगा पोखरा, ट्राफिकचोक बुटवल, आदर्शनगर वीरगञ्ज र गोल्छाचोक विराटनगर शाखाबाट पनि भर्न सक्नेछन् । यसैगरी, कुमारी बैंकको प्रधान कार्यालय दरबारमार्ग काठमाडौं सहित सम्पूर्ण शाखा कार्यालय र धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट पनि हकप्रद सेयर भर्न पाइनेछ ।
 राष्ट्र बैैंकले तोकेको ८ अर्ब रुपैयाँ चुक्ता पुँजी पुर्याउने क्रममा कुमारीले हकप्रदको बाटो रोजेको हो । गत वर्ष पनि कुमारीले ५०% हकप्रद सेयर बिक्री गरेको थियो । हाल कुमारीको चुक्ता पुँजी ५ अर्ब ९६ करोड ९४ लाख ९६ हजार रुपैयाँ छ । २०% हकप्रद बिक्रीपछि चुक्ता पुँजी ७ अर्ब १६ करोड ३३ लाख ९५ हजार १६५ रुपैयाँ पुग्नेछ । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी