×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कुमारी बैंकको हकप्रद सेयर लिलामीमा भर्ने विहिबारअन्तिम दिन, यस्ता छन् आवेदन दिने ठाउँ

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

कुमारी बैंकको हकप्रद सेयर लिलामीमा भर्ने विहिबारअन्तिम दिन, यस्ता छन् आवेदन दिने ठाउँ

Artha Sarokar

२९ जेष्ठ २०७५, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं –  कुमारी बैंकको हकप्रद सेयर लिलामीमा भर्ने  २४ गते  बिहीबार अन्तिम दिन हो। हकप्रद निष्कासन ३ दिन मात्र बाँकी रहेको छ । बैंकले चुक्तापुँजी बढाउन बैंशाख २८ गतेदेखि हकप्रद सेयर निष्कासन गरेको हो ।बैंकले चुक्तापुँजी बढाउन २० प्रतिशत अर्थात १ अर्ब १९ करोड ३८ लाख रुपैयाँ बराबरको १ करोड १९ लाख ३८ हजार कित्ता हकप्रद सेयर निष्कासन गरेको छ ।
बैंकको हकप्रद निष्कासन बिहीबार बैंकिङ समयपछि बन्द हुने निष्कासन तथा बिक्री प्रवन्धक एनआईबीएल एस क्यापिटल लिमिटेडले जनाएको छ । हकप्रद सेयर निष्कासन बन्द जेठ ३१ गते हुने छ । लगानीकर्ताले बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटल लाजिम्पाट र यसका शाखा कार्यालय लालदरबार काठमाडौं, लगनखेल ललितपुर, चिप्लेढुंगा पोखरा, ट्राफिकचोक बुटवल, आदर्शनगर वीरगञ्ज र गोल्छाचोक विराटनगर शाखाबाट आवेदन दिन सक्नेछन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी