×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

लुम्बिनी बिकास बैंक घोटाला प्रकरण : शुशीलराज पराजुलीले अध्यक्ष पद छाडे, अशोक राज पाण्डेलाई यसरी फसाइयो !

PRIME CA
GLOBAL IME BANK

लुम्बिनी बिकास बैंक घोटाला प्रकरण : शुशीलराज पराजुलीले अध्यक्ष पद छाडे, अशोक राज पाण्डेलाई यसरी फसाइयो !

२१ जेष्ठ २०७५, सोमबार

पढ्न लाग्ने समय: < २ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ- लुबिनी बिकास बैंकभित्र ठुलो घोटाला भएको भन्दै अर्थमन्त्री डा. युवराज खतिवडाको ठाडो निर्देशनमा बैंकमा छापा हान्ने काम भएपछी बैंकभित्रका भीआइपीहरुको भागाभाग भएको छ । यसअघि अव लुम्बिनी बिकास बैंक ‘दोश्रो एपेक्स बैंक’ बन्ने खतरा भएको मनन गर्दै व्यक्तिगत कारण देखाउँदै बैंकका सीइओ झलक खनालले आफ्नो पदबाट राजीनामा दिएको केहि समयमा नै उनकै सल्लाहमा बैंकका अध्यक्ष रहेका शुशीलराज पराजुलीले समेत राजीनामा दिएका छन् । बैंकभित्रको घोटाला छताछुल्ल हुने गरी राष्ट्र बैंकले सबैकुरा पत्ता पाएको भन्दै तत्काल यो समस्याबाट बाहिरिने र आफ्नो बाटो अन्तै खोज्न व्यवस्था मिलाउने भन्दै अध्यक्षले राजीनामा दिएको स्रोतको दावी छ । अध्यक्ष पराजुली र सीइओ खनालले आफुहरु फस्ने पक्कापक्की भएपछी आफ्नो पद छोडेका हुन् ।
यता समस्याको घडीमा बैंकले अध्यक्ष पदमा नियुक्त गरेर अशोकराज पाण्डेलाई फसाईदिएका छन् । यद्यपी पराजुली भन्दा उनेको राष्ट्र बैंकसँग पनि राम्रो सम्बन्ध भएको र यो घोटाला प्रकरणलाइ थामथुम पार्न उनले महत्वपूर्ण योगदान दिन सक्ने भन्दै बोर्डले उनलाई अध्यक्षमा नियुक्त गरेको हो । तर अध्यक्ष भइसकेपछी राष्ट्र बैंककोको प्रहारमा उनी मज्जैसँग पर्ने निश्चित छ । अझ रमाइलो कुरा त के छ भने यसअघि एपेक्स घोटाला प्रकरणका नाइकेका रुपमा रहेका विष्णु धिताल र उनी निकै नजिकका साथी मानिन्छन् । बैंकको सञ्चालक समितीको जेठ ११ गते बसेको बैठकले पाण्डेलाई अध्यक्ष पदमा छनोट गरेको हो । 
यसो त बैंकमा सीइओ को बनाउने भन्ने विषयमा पनि चर्को विवाद परेको छ । एकथरी संचालकहरुले हालका डेपुटी सीइओ रहेका उमेश रेग्मीलाई सीइओ बनाउनुपर्ने अडान राखेका छन् भने अर्कोथरी संचालकहरुले रेग्मीको सीइओ बन्ने सक्षमता नभएको भन्दै अर्को सीइओ खोज्नुपर्ने बताएका छन् । बैंक डुब्ने स्थिथिमा पुगिसकेको र कुनै पनि बेला एपेक्स घोटाला प्रकरणमाझैं सबै संचालकहरु समातिने डर भएकाले निकै संयम भएर काम गर्ने, सकेसम्म सबैतिर कुरा मिलाउनेसम्मका औपचारिक र अनौपचारिक कुराकानीसमेत बोर्डका सदस्यहरुबीच भइरहेको एक संचालकले अर्थ सरोकार डटकमलाई बताएका छन् ।   
अध्यक्ष को बस्ने भन्ने कुरामा पनि बैंकका संचालकबीच तिब्र मतभेद रहेको स्रोतको दावी छ । ‘घोटाला उनीहरु गर्ने, समस्यामा हामी पर्ने ?’ भन्दै केहि संचालक उफ्रिएपछि समितिले यस्तो निणर्य गरेकोसमेत स्रोतको दावी छ ।केहि समय अगाडी राष्ट्र बैंकको विशेष इन्सपेक्सन टोलीले छापा मार्दा बैंकभित्र ठुलो घोटाला फेला पारेको थियो । इन्सपेक्सनका क्रममा तत्कालीन भिबोर बिकास बैंकको नाममा रहेको अरवौं रुपैयाँको घरजग्गा सो बैंकका अध्यक्ष अजय घिमिरेले कौडीको भाउमा बेचेको खुलासा भएको हो । तत्कालीन सीइओको नजिकको सम्बन्ध रहेका घरजग्गा व्यवसायी सहदेव कक्षपतिसँगको मिलेमतोमा सो घरजग्गा कौडीको भाउमा बेचिएको रहस्य बाहिर आएसँगै अव एपेक्स बैंककै शैलीमा केहि बैंकर र व्यवसायी जेल जाने संकेत देखिएको छ । 
राष्ट्र बैंकको विशेष टोलीली गरेको निरीक्षणका क्रममा तत्कालीन भिबोर बैंक र भिबोर प्रर्पटीको नाउँमा रहेको अर्बों रुपैयाँ बराबरको जग्गा घिमिरे र कक्षपतिले मोहन मानन्धर र विजय बहादुर राजभण्डारीले कौडीको भाउमा बेचेर लुट गरेको तथ्य फेला परेका थिए । बैंकका तत्कालीन सीइओले विभिन्न व्यवसायीको मिलेमतोमा अरवौंको उक्त जग्गा आकृति हाउजिङ नामक कम्पनीलाई बेचेको तथ्य राष्ट्र बैंकको टोलीले फेला पारेको छ । यता बैंकले त्यतिबेला सीइओ र जग्गा व्यवसायीको मिलेमतोमा ललितपुरको बुङमतीको जग्गा, चोभारमा रहेको जग्गा, लगायतका जग्गा करोडौं घाटा खाएर विक्री भएको समेत फेला परेको छ ।
यो पनि पढ्नुहोस् :


Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: