×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

माछापुच्छ्रेले डिम्याट हुनेलाई खातामै दियो बोनस र लाभांश

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

माछापुच्छ्रेले डिम्याट हुनेलाई खातामै दियो बोनस र लाभांश

Artha Sarokar

३० जेष्ठ २०७५, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं –  माछापुच्छ्रे बैंकले डिम्याट खाता खोली बैंकलाई जानकारी गराएका सेयरधनीको लाभांश खातामै ९% बोनस सेयर र ६% नगद लाभांश जम्मा गरेको छ ।
 बैंकले डिम्याट खाताको विवरण बैंकमा अभिलेख गराएका सेयरधनीलाई मात्र जम्मा गरिदिएको हो । डिम्याट खाता खोलिसकेका तर बैंक खाता अद्यावधिक गर्न बाँकी रहेका सेयरधनीले लाभांश खातामै पाउनको लागि आफ्नो  डिम्याट खाता रहेको कार्यालयमा गएर खाता अद्यावधिक गराउनुपर्नेछ । 
हालसम्म डिम्याट खाता नखोलेका सेयरधनीले लाभांश पाउन अनिवार्य खाता खोल्नुपर्ने बैंकले जनाएको छ । डिम्याट खाता खालेर यसको विवरण बैंकलाई पनि जानकारी गराएपछि मात्र लाभांश जम्मा गरिने भएको हो ।बैंकको मंसिर २८ गते बसेको वार्षिक साधारण सभाबाट लाभांश प्रस्ताव पारित भएको थियो ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी