
काठमाडौं – नेपाल कम्युनिस्ट पार्टीका वरिष्ठ नेता माधव नेपाल पहिलो पल्ट कार्यवाहक अध्यक्ष तोकिएका छन् । ०६४ को पहिलो संविधानसभा निर्वाचनमा तत्कालीन एमालेले अनपेक्षित पराजय भोगेपछि आलोचित बनेका नेपालले पार्टी महासचिव पदबाट ०६५ वैशाख १ गते राजीनामा बुझाएयता उनी पहिलोपल्ट कार्यबाहक अध्यक्ष तोकिएका हुन् ।
पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली चीनको राजकीय भ्रमणमा र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पत्नीको उपचारार्थ विदेशमा रहेकाले कार्यवाहक अध्यक्षको नाम्लो उनको थाप्लोमा परेका हुन्।
०६५ फागुनमा सम्पन्न आठौँ राष्ट्रिय महाधिवेशनबाट विधानतः वरिष्ठ नेता बनेका नेपालले त्यो कार्यकालभरि कार्यवाहक अध्यक्षको भूमिका निभाउन पाएका थिएनन् ।
त्यस्तै ०७१ असारमा सम्पन्न महाधिवेशनबाट पार्टी अध्यक्ष केपी शर्मा ओली बने । र, ओली देशबाहिर रहँदा कार्यवाहक अध्यक्षको जिम्मेवारी पार्टीको वरिष्ठ उपाध्यक्षको हैसियतले वामदेव गौतमले बहन गर्ने गर्थे । तर, एमाले र माओवादी केन्द्र एकीकृत भइसकेपछि भने पहिलोपल्ट माधव नेपाल कार्यवाहक अध्यक्ष तोकिएका हु्न् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्