
म्याग्दी – दुई सय २० केभी क्षमताको दाना–खुर्कोट प्रसारण लाइनका प्रभावितलाई रु चार करोड ६३ लाख मुआब्जा वितरण गरिएको छ ।
नेपाल विद्युत् प्राधिकरणले कालीगण्डकी करिडोर प्रसारण लाइन आयोजनाअन्तर्गत अन्नपूर्ण गाउँपालिका–३ दानादेखि पर्वतको कुश्मा नगरपालिका–१ खुर्कोटसम्ममा टावर रहने जग्गा अधिग्रहणका लागि मुआब्जा वितरण गरेको हो ।
करीब ३९ किलोमिटर दूरीको प्रसारण लाइनको ११४ वटा टावरबाट प्रभावित १७५ घरधुरीलाई रु सात करोड ८६ लाख मुआब्जा वितरण गर्नुपर्नेमा हालसम्म ९९ जनालाई रु चार करोड ६३ लाख वितरण गरिएको आयोजनाका लेखापाल गोविन्द सुवेदीले जानकारी दिए ।
म्याग्दी खण्डमा ४२ जनालाई रु दुई करोड ६० लाख र पर्वतका ५७ जनालाई रु एक करोड चार लाख मुआब्जा उपलब्ध गराएको छ । थप ७६ घरधुरीलाई रु तीन करोड २३ लाख मुआब्जा वितरण गर्न बाँकी छ । आयोजनाका अनुसार ९३ रोपनी जग्गा अधिग्रहण गरिनेछ ।
जग्गाधनी सम्पर्कमा नआउनु र वनको समस्याका कारण जग्गा अधिग्रहण तथा मुआब्जा वितरणमा समस्या भएको लेखापाल सुवेदीले बताए । बेनी र कुश्मास्थित जिल्ला प्रशासन कार्यालयमार्फत मुआब्जा वितरणको काम भइरहेको छ ।
सन् २०१८ को नोभेम्बरमा सम्पन्न गर्ने लक्ष्यसहित २०१६ मे ३० मा टाटा प्रोजेक्ट्स र चिन्ट इलेक्ट्रिक जेभीसँग रु दुई अरब ९० करोडमा ठेक्का सम्झौता भएको थियो । हालसम्म ४० प्रतिशत भौतिक प्रगति भएको आयोजनाको प्राविधिक सहायक प्रबन्धक लक्ष्मण फुयाँलले बताए ।
म्याग्दी र मुस्ताङमा कालीगण्डकी र सहायक नदीमा निर्माणाधीन जलविद्युत् आयोजनाबाट उत्पादन हुने विद्युत् केन्द्रीय प्रसारण लाइनमा जोड्नका लागि दाना र कुश्मामा सबस्टेशनका साथै प्रसारण लाइन निर्माण हुन लागेको हो । एशियाली विकास बैंकको सहयोगमा विद्युत् प्राधिकरणले खुर्कोट हुँदै नवलपरासीको बर्दघाटसम्म दोस्रो चरणमा कालीगण्डकी करिडोर प्रसारण लाइन बनाउने तयारी गरेको छ ।
सबस्टेशनमा पूर्वाधार निर्माण, उपकरण खरिदका साथै प्रसारण लाइनको टावर बनाउने काम तीव्र गतिमा अघि बढेको फुयाँलले बताउनुभयो । हालसम्म २७ वटा टावर निर्माण भइसकेको छ । सतसट्ठीवटा टावरको फाउण्डेशन खनिएको छ । तार तान्ने काम पनि शुरु गर्ने तयारी भएको छ ।
आयोजनाका प्रमुख चन्दनकुमार घोषले विद्युत् प्राधिकरणमार्फत सञ्चालित प्रसारण लाइन आयोजनामध्ये कालीगण्डकी करिडोरको खुर्कोट दानाखण्डको काम तीव्र रुपमा भइरहेको बताउनुभयो । उक्त प्रसारण लाइनअन्तर्गत हाल नौवटा जलविद्युत् आयोजना निर्माणको चरणमा छन् । प्रसारण लाइन र सबस्टेशनसँगै जलविद्युत् आयोजना निर्माणले तीव्रता पाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्