Skip to content
LAXMI SUNRISE BANK

सामाजिक उत्थानमा बैंकको सहभागिता, महालक्ष्मी विकास बैंकको भैरहवा शाखाद्धारा विद्यालयलाई सहयोग

अर्थ सरोकार

महालक्ष्मी विकास बैंकको भैरहवा शाखाले श्री भैरहवा नमुना उच्च मा.वि.का लागि पाँच जना बिद्यार्थीलाई छात्रवृत्ति र ३५ थान विद्यार्थीले बोक्ने झोला हस्तान्तरण गरेको छ । विद्यालय व्यवस्थापक समितिका अध्यक्ष नारायण प्रसाद अग्रवालको अध्यक्षतामा आयोजित भएका समारोहका बीच उक्त सहयोग हस्तान्तरण गरिएको हो ।
कार्यक्रम नेपाल राष्ट्र बैंक भैरहवाका व्यवस्थापक अशोक पौडेलको प्रमुख आतिथ्यता एवम् महालक्ष्मी विकास बैंकका संचालक समिति सदस्य राहुल अग्रवाल, विद्यालयका पुर्व अध्यक्ष आनन्द प्रसाद गुप्ता, महालक्ष्मी विकास बैंक शाखा प्रवन्धक गौतम गुप्ता, बेथरी शाखा प्रवन्धक हेम बहादुर राना, लुम्बिनी शाखाको शाखा प्रवन्धक निविदिता गौतम, विद्यालयका प्रधानाध्यापक चुन्नु प्रसाद पाण्डे लगायतको आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रममा अन्य बैंकका कर्मचारी तथा विद्यालयका शिक्षक शिक्षिका र विद्यार्थीहरुको उपस्थिती रहेको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि पौडेलले बैकले विद्यार्थीहरुलाई छात्रवृत्ति र झोला वितरण गरेकोमा धन्यवाद ज्ञापन गरे । विद्यालयका अध्यक्ष अग्रवालले महालक्ष्मी विकास बैक लिमीटेडले आफ्नो विद्यालयलाई छानेर सहयोग गरेकोमा धन्यवाद ब्यक्त गरे ।
महालक्ष्मी विकास बैंक लिमिटेडका शाखा प्रवन्धक गौतम गुप्ताले विकास बैंकमा महालक्ष्मी विकास बैंक देशकै नमुना विकास बैक बनेको र नाफामूलक मात्र नभएर सामाजिक उत्तरदायित्व पनि बहन गर्दै जाने बताए । बैंकले आगमी दिनमा पनि सामाजिक उत्तरदायित्वलाई जारी राख्ने बताएको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK