
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ- घाटामा पनि कर लाग्ने सरकारी नियमको चौतर्फी बिरोध भइरहेका बेला सेयर लगानीकर्ताहरुको अर्को संगठनको जन्म भएको छ । लगानीकर्ता हित संरक्षण मञ्च नामको उक्त संगठनमा सुदर्शन पाठक अध्यक्ष छन् भने कमल भारती महासचिव, सहकुल सापकोटा सचिव, ईश्वरी पन्त कोषाध्यक्ष र सदस्यहरुमा डिल्ली बसेल र कल्पना डूम्रे रहेका छन् ।
संगठनले एक बिज्ञप्ति जारी गर्दै आम लगानीकर्ताहरुको हकहित संरक्षण गर्न कुनै राजनीतिक दलको झण्डामुनि नबसी सामुहिक हितका लागि आगामी दिनहरुमा एकताबद्ध प्रयास गर्ने बताएको छ । यता सरकारसँग मञ्चले ४ बुँदे माग प्रस्तुत गरेको छ ।
उक्त संगठनले सरकारसँग राखेका माग यस्ता छन्:
१. बढाईएको पूँजीगत लाभकर घटाईयोस् र हकप्रद तथा बोनस शेयरमा लगाईएको अग्रिम कर खारेज गरियोस्
२. शेयर दलाली शुल्क ०.१० प्रतिशतमा झारियोस्
३. बाणिज्य बैंकलाई तत्काल ब्रोकर लाईसेन्स दिईयोस
४. पूर्ण अनलाईन कारोबार प्रणाली तत्काल कार्यान्वयनमा ल्याईयोस
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्