
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – मञ्जुश्री फाइनान्सको ५.७१% बोनस सेयर सुरक्षित गर्ने आइतबार अन्तिम दिन रहेको छ । बैंकले असार २० गते हुने साधारण सभा गर्ने भएको छ । उक्त सभाको लागि मञ्जुश्रीले सोमबारदेखि बुक क्लोज गर्दैछ ।
सभा थापागाँउ ब्यांकेट, नयाँ बानेश्वर काठमाडौंमा बिहान १० बजे सुरु हुनेछ । कम्पनीले कर तिर्न ०.३२५ नगद लाभांश दिने प्रस्ताव पनि पेश गर्नेछ । मञ्जुश्रीले बोनस प्रयोजनका लागि ४ करोड ३४ लाख ६२ हजार ७१० रुपैयाँ र नगद लाभांशमा २२ लाख ८७ हजार ५११ रुपैयाँ खर्च गर्नेछ ।
बोनसपछि चुक्ता पुँजी वृद्धि हुने भएकाले सोही बमोजिम नियमावली संशोधन गर्ने एजेन्डा पनि रहनेछ । आर्थिक वर्ष २०७३–७४ को सञ्चालक समितिको प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गर्ने अर्को प्रस्ताव पनि छ । यस्तै, आर्थिक वर्ष २०७४–७५ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने अर्को एजेन्डा समेत राखिएको छ । हाल मञ्जुश्रीको चुक्ता पुँजी ७६ करोड ५ लाख ९७ हजार ५०० रुपैयाँ छ । बोनस वितरण पछि चुक्ता पुँजी ८० करोड ४ लाख ६० हजार २१० रुपैयाँ पुग्नेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्