
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – मञ्जुश्री फाइनान्सको सेयर लिलामी भर्ने सोमबार अन्तिम म्याद रहेको छ । मञ्जुश्रीले जेठ १४ गतेबाट संस्थापक समूहको १६ हजार ५६३.९ कित्ता र सर्वसाधारण समूहको २२ हजार ५४८.१ कित्ता गरी कुल ३९ हजार १२२ कित्ता सेयर लिलामीमा बिक्री खुला गरेको हो । यसमा न्यूनतम १०० रुपैयाँलाई आधार मानेर प्रतिस्पर्धात्मक बोलकबोलमा सहभागी हुनुपर्नेछ ।
बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटल लिमिटेडको लाजिम्पाट र लालदरबार काठमाडौं तथा लगनखेल, पोखरा, बुटवल, वीरगञ्ज शाखा कार्यालयहरुबाट सेयर भर्न पाइनेछ । यसैगरी, मञ्जुश्री फाइनान्सको नयाँ वानेश्वर काठमाडौं कार्यालयबाट पनि बोलपत्र भर्न मिल्नेछ । नेपाल इन्भेष्टमेन्ट बैंकको सुर्खेत, नेपालगञ्ज, नारायणगढ र धनगढी शाखा कार्यालयबाट पनि बोलपत्र फारम भर्न र बुझाउन सकिनेछ ।
हाल मञ्जुश्रीको चुक्ता पुँजी ७२ करोड ४३ लाख ७९ हजार रुपैयाँ रहेको छ । लिलामी बिक्री गरिसकेपछि चुक्ता पुँजी ७६ करोड ५ लाख ९८ हजार रुपैयाँ पुग्नेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्