
काठमाडौँ – प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले पाँच वर्षभित्र मुलुुकको परिवर्तन गर्ने बताएका छन् ।
भण्डारी मेमोरियल कलेजको १७औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उनले जनताले अनुभूति गर्ने खालेका काम गरी पाँच वर्षभित्र मुलुकको विकास गर्ने बताएका हुन् ।
नयाँ गतिका साथ विकास निर्माण गर्नुपर्नेमा जोड दिँदै मुख्यमन्त्री पौडेलले ‘समृद्ध नेपाल र सुखी नेपाल’को अभियानलाई सबैले आत्मसात् गर्नुपर्ने बताए । स्व. नेता भण्डारीको नाममा स्थापित यस कलेजलाई नमूना कलेजका रुपमा विकास गर्नुपर्ने जोड दिँदै उनले भने, ‘यो कलेज अन्य कलेजभन्दा फरक उत्कृष्ट कलेज बनाउनुपर्दछ ।’
सांसद कृष्ण राईले कलेजलाई अझ विस्तार गरी छुट्टै पहिचान दिलाउनु पर्नेमा जोड दिँदै मदन भण्डारीको नाम र विचारलाई स्थापित गर्न जरुरी भएको बताए ।
सहायक क्याम्पस प्रमुख निरुजा फुयालले कलेजलाई विश्वविद्यालय बनाउन तयारीका साथ काम भइरहेको र गुणस्तरीय शिक्षा प्रदान गरिरहेको बताइन् । उनले कलेजले गरिबी, असहाय र जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिरहेको पनि जानकारी दिइन् ।
सोही अबसरमा मुख्यमन्त्री पौडेलले पत्रकार भवानीश्वर गौतमलाई ‘मदनभण्डारी राष्ट्रिय पत्रकारिता पुरस्कार–२०७५’ प्रदान गरे । रु २५ हजार राशि रहेको उक्त पुरस्कार हरेक वर्ष शिक्षा क्षेत्रमा योगदान पु¥याउने पत्रकारलाई प्रदान गरिदै आएको छ । कलेजमा दशजोड दुईदेखि स्नातकोत्तर तहसम्म करीब एक हजार २०० विद्यार्थी अध्ययनरत छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्