Skip to content
LAXMI SUNRISE BANK

मेगा बैंकले ल्यायो सर्वाधिक ब्याजदरसहित लोकप्रिय अफर

अर्थ सरोकार

मेगा बैंक नेपाल लिमिटेडले ग्राहकहरुका लागि आकर्षक मुद्दती खाता योजना र दुई वटा आकर्षक बचत खाता योजनाहरु ल्याएको छ । 
ग्राहकहरुको चाहना बमोजिम सर्वाधिक ब्याजदर प्रदान गर्ने उद्देश्यले मेगा बैंकले ‘मेगा राइजिङ मुद्दती खाता’ योजना ल्याएको हो । न्यूनतम १ लाख रुपैँयामै मुद्दती खाता खोल्न सकिने यो खातामा मासिक रुपमा ब्याज भुक्तानी हुने गरी बार्षिक १२.५ प्रतिशत ब्याज पाइनेछ । यस योजनामा ग्राहकहरुलाई निक्षेपको ९० प्रतिशत सम्म ओभरड्राफ्ट सुविधा दिइने मेगा बैंकले जनाएको छ । 
‘मेगा राइजिङ बचत खाता’ योजनामा पनि उत्तिकै आकर्षक सुविधाहरु समावेश गरिएको छ । न्यूनतम १० हजार रुपैँयामै बचत खाता खोल्न सकिने यो खातामा त्रैमासिक रुपमा ब्याज भुक्तानी हुने गरी बार्षिक ८.५० प्रतिशत ब्याज पाइनेछ । यो योजनामा ग्राहकहरुका लागि चेकबुक, अकाउन्ट स्टेटमेन्ट, सि–आस्बा सेवा निःशुल्क बनाइएको छ । यस्तै, दुई लाख रुपैँयासम्म एबीबीएस सेवा निःशुल्क गरिएको छ । 
त्यस्तै ‘मेगा कर्पोरेट बेनिफिट बचत खाता’ योजनामा त्रैमासिक रुपमा ब्याज भुक्तानी हुने गरी बार्षिक ८.२५ प्रतिशत ब्याज पाइने यो खाता एक हजार रुपैँयामै खोल्न सकिनेको साथै उत्तिकै आकर्षक सुविधाहरु समावेश गरिएको छ । यो योजनामा चेकबुक, मेगा अनलाइन बैंकिङ, भिसा डेबिट कार्ड, अकाउन्ट स्टेटमेन्ट, सि–आस्बा सेवा निःशुल्क पाइनेछ । यस्तै, दुई लाख रुपैँयासम्म एबीबीएस सेवा पनि निःशुल्क गरिएको छ ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK