×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मेगा बैंकको असार २९ मा एजीएम हुने, सभामा १०.७५% बोनस प्रस्ताव पेस गर्दै

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

मेगा बैंकको असार २९ मा एजीएम हुने, सभामा १०.७५% बोनस प्रस्ताव पेस गर्दै

७ असार २०७५, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – असार २९ गते मेगा बैंकको सातौं वार्षिक साधारण सभा  हुने भएको छ । सभामा बैंकले १०.७५% बोनस सेयर दिने विशेष प्रस्ताव पेश गर्नेछ । बैंकले बोनसको लागि ९९ करोड ८६ लाख ९५ हजार १५३ रुपैयाँ खर्च गर्नेछ । मेगाले पहिला ७ अर्ब ३७ करोड ६७ लाख ४२ हजार ५२० रुपैयाँ पुँजीको ९.४५% बोनस वितरण गर्ने प्रस्ताव गरेको थियो भने टुरिजमले भने १५% बोनस सेयर बताएको थियो । तर अब मेगा र टुरिजम एक भइसकेकाले दुवै संस्थाले प्रस्ताव गरेका बोनसलाई एकीकृत (समायोजन) गरी १०.७५% बोनस दिन लागिएको हो ।
यी दुई बैंक मर्ज भएपछि चुक्ता पुँजी ९ अर्ब २८ करोड ६८ लाख ३१ हजार ३७९ रुपैयाँ पुगेको छ । लगानीकर्ताले अब यही पुँजीबाट १०.७५% बोनस सेयर पाउनेछन् । बोनस पछि चुक्ता पुँजी अझै माथि जानेछ । यता, मेगा बैंक र टुरिजम डेभलपमेन्ट बैंकले एकीकृत कारोबार सुरु गरेको दिन (वैशाख ३० गते) भन्दा पछि कायम सेयरधनीले भने बोनस सेयरमा लाग्ने कर सेयरधनीले तिर्नुपर्नेछ । त्यसभन्दा अघि कायम भएका दुवै बैंकका सेयरधनीलाई भने कर छुट हुनेछ । 
साधारण सभा राष्ट्रिय सभागृह, प्रदर्शनीमार्ग काठमाडौंमा बिहान १० बजे सुरु हुनेछ । बोनस सेयर पश्चात चुक्ता पुँजी वृद्धि हुने भएकाले अनुरुप बैंकको प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने एजेन्डा पनि छ । अधिकृत पुँजी वृद्धि गरी ११ अर्ब ५० करोड पुर्याउने अर्को विशेष प्रस्ताव पनि लगिनेछ । 
आर्थिक वर्ष २०७३–७४ को सञ्चालक समिति प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गरिनेछ । आर्थिक वर्ष २०७४–७५ को लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक तोक्ने एजेन्डा पनि पेस हुँदैछ । बैंकको संस्थापक समूह अन्तर्गत ३ जना र सर्वसाधारण समूह अन्तर्गत ३ जना गरी ६ जना सञ्चालकको निर्वाचन गर्ने कार्यक्रम छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी