
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – साउन १ गतेदेखि नेसनल लाइफ इन्सुरेन्सले ६०% हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले १०ः६ अनुपातमा ९९ लाख ३६ हजार ४७७.५ कित्ता हकप्रद सेयर बिक्री गर्न लागेको हो । हकप्रद सेयर बिक्री गर्नका लागि असार २२ गते बुक क्लोज हुनेछ । असार २१ गतेसम्म कायम सेयरधनीले मात्र यसको हकप्रद भर्न सक्नेछन् ।
लगानीकर्ताले बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटलको लाजिम्पाट, लालदरबार, लगनखेल, पोखरा, वीरगञ्ज, बुटवल र विराटनगर शाखाबाट हकप्रदका लागि आवेदन दिन सक्नेछन् । यसैगरी, नेसनलको रजिष्टर्ड कार्यालय, लाजिम्पाट र यसका सम्पूर्ण शाखाहरु तथा सी–आस्वाबाट पनि हकप्रद भर्न पाइन्छ ।
हकप्रद भर्ने अन्तिम म्याद भने भदौ ४ गते तोकिएको छ । हाल नेसनलको चुक्ता पुँजी १ अर्ब ६५ करोड ६० लाख ७९ हजार ५९० रुपैयाँ छ । हकप्रद बिक्रीपछि चुक्ता पुँजी २ अर्ब ६४ करोड ९७ लाख २७ हजार ३४४ रुपैयाँ पुग्नेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्