×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेको इन्सुरेन्सको संस्थापक सेयर पुनः लिलामीमा, क-कसले पाइन्छ भर्न ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

नेको इन्सुरेन्सको संस्थापक सेयर पुनः लिलामीमा, क-कसले पाइन्छ भर्न ?

५ असार २०७५, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – नेको इन्सुरेन्स कम्पनीको २ लाख कित्ता संस्थापक सेयर मंगलबारदेखि फेरि लिलामीमा ल्याएको छ । कम्पनीले यसअघि ल्याएको सेयर लिलामी नबिके पछि पुनः लिलामी खुल्ला गरेको हो । यस लिलामीमा सर्वसाधारणले समेत आवेदन दिन सक्नेछन् । यस संस्थापक सेयरको न्यूनतम मूल्य २४२ रुपैयाँ तोकिएको छ । आवेदकले यही २४२ रुपैयाँलाई आधार मानेर बोलकबोलका माध्यमबाट फारम भनुपर्नेछ । 
यसमा व्यक्ति, कम्पनी र संघ संस्थाले आवेदन दिन सक्नेछन् । बोलपत्र भर्ने म्याद असार ११ गतेसम्म छ । बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल नारायणचौर, नक्सालबाट आवेदन दिन सकिनेछ । न्यूनतम ५ हजार कित्ता र अधिकतम सबै कित्ताका लागि बोलपत्र प्रस्ताव गर्न पाइनेछ । हाल नेकोको चुक्ता पुँजी ७८ करोड ४१ लाख रुपैयाँ छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी