
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – असार १५ गतेदेखि नेपाल बैंकले १ करोड ७६ लाख ८४ हजार ८५८ कित्ता एफपीओ बिक्री गर्ने भएको छ । बैंकले अंकित मूल्य १०० रुपैयाँमा १८० रुपैयाँ प्रिमियम जोडेर प्रतिकित्ता २८० रुपैयाँमा एफपीओ बिक्री खुला गर्न लागेको हो । यसमा न्यूनतम ५० कित्तादेखि १० अंकले भाग जाने संख्यामा कानुनी सिमाभित्र रहेर अधिकतम सबै कित्ताका लागि आवेदन दिन पाउने बैंकले जनाएको छ ।
एफपीओ निष्कासन भएको पहिलो दिनदेखि नै संस्थागत लगानीकर्ताले पनि आवेदन दिन सक्नेछन् । यो एफपीओ भर्ने अन्तिम म्याद असार १९ गते तोकिएको छ । यस अवधिमा सबै एफपीओ नबिकेमा भने साउन १३ गतेसम्म भर्न सकिनेछ । लगानीकर्ताले सी–आस्वाको माध्यमबाट सेयर भर्न सक्नेछन् ।
बैंकले नेपाल सरकारको हिस्सा ५१% र सर्वसाधारणको ४९% कायम गर्न एफपीओ जारी गर्न लागेको हो । एफपीओपछि बैंकको चुक्ता पुँजी ९ अर्ब ८१ करोड ११ लाख ४८ हजार रुपैयाँ पुग्नेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्