
काठमाडौं – नेपाल र चीनबीच आठ उत्तरी नाका खोल्ने सम्झौता हुने भएको छ । परराष्ट्रमन्त्रालयका अनुसार प्रधानमन्त्री ओलीले चीन भ्रमणमै रहेका बेला आठ उत्तरी नाका खोल्ने सम्झौता गर्ने भएका छन् । आठ नाका खोल्ने सम्झौता भएपछि नेपालले मालसामान ढुवानी गर्न तिब्बती राजमार्गको प्रयोग गर्न पाउनेछ । त्यसबाट कालान्तरमा नेपालले दुई देशबाट मात्र नभइ तेस्रो मुलुकबाट समेत सामान ढुवानी गर्नका लागि बाटो खुल्न परराष्ट्रमन्त्रालयले जनाएको छ ।
प्रधानमन्त्री ओलीको चीन भ्रमणबाट रसुवागढी, दार्चुला, ताप्लेजुङ र हुम्लाको चाक्चेनाम्ला नाका खोलिने भएका छन् । परराष्ट्र मन्त्रालयका सूचना अधिकारी रामबाबु ढकालका अनुसार अहिले नै नाका खोल्ने विषयमा सम्झौता हुनेछ । मन्त्रालयका सह–सचिव नवराज ढकालले भने, ‘नेपाल र चीनबीच ट्रान्जिट सम्झौता भइसकेकोले नेपालले अन्य मुलुकबाट चिनियाँ ट्रान्जिट प्रयोग गर्दै सामान ल्याउने कुरा यसभित्र पर्छ।’
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्