
काठमाडौँ – पछिल्लो समयमा देश दौडाहाको नामममा सक्रिय राजनीति गर्न खोज्नुभएका पूर्वराजा ज्ञानेन्द्रले यही असार २३ गते ७२ औ जन्मोत्सव आफ्नो स्वामित्वमा रहेको नेपालगंजको सोल्टी होटलमा मनाउने भएका छन्।
देशभरका राजावादीलाई नेपालगंजमा भेला गराएर जन्मोत्सव मनाउन लागेका हुन्। अंग्रेजी नयाँ वर्षको दिन उद्घाटन भएको चारतारे होटल सोल्टीमा जन्मोत्सव मनाउन पूर्वराजा असार २० गते नेपालगन्ज जाने भएका छन्। तीन टुक्रा भएर फुटेका राप्रपाका दोस्रो तहका नेतालाई भेटेर पार्टी एकीकरण गर्न आग्रह गरेका पूर्वराजाले नेपालगन्जमा मनाउन लागिएको जन्मोत्सवलाई पूर्व राजावादीले अति महत्वको रुपमा हेरेका छन्।
जन्मोत्सवमा मध्य र सुदूरपश्चिमका सबै राजावादी भेला हुने भएका छन्। राजधानीमा रहेका राजावादीहरु १७ गतेदेखि नै नेपालगंज जाने तयारी गरेका छन्।
पूर्वराजाको रेकी र कन्भेसहितको सवारी साधन १७ गते नै नेपालगन्ज पुग्ने भएको छ। पूर्वयुवराज्ञी हिमानीसहितको टोली २२ गते नेपालगन्ज पुग्नेछन्। पूर्वमुमा वडामहारानी रत्नबाहेक सम्पूर्ण राजपरिवारका सदस्य नेपालगन्ज पुग्ने तयारी गरेका छन्। पुत्र पारस समेत नेपालगंज जाने कार्यक्रम रहेको छ। बुढ्यौलीको कारण आमा रत्न नेपालगन्ज जान नसक्ने भएकी हुन्।
अधिकांस राजावादीलाई पूर्वराजाको जन्मोत्सव मनाउन आह्वान गरिएको निर्मल निवास स्रोतले जनाएको छ। नेपालगन्जको बसाइ कति दिन हुन सक्छ भन्ने विषयमा यकिन नभए पनि पूर्वराजाले नेपालगन्जमा राजावादी र राप्रपाका महत्वपूर्ण नेतासँग भेट गर्ने सम्भावना रहेको स्रोतले जनाएको छ।
दोस्रो तहको नेतालाई झापाको टि स्टेटमा भेटेपछि तीनै नेताको दबाबमा सबै राप्रपा एक हुने अन्तिम तयारी गर्नु र पूर्वराजाले आफ्नो जन्मदिन नेपालगन्जमै बनाउन लाग्नुलाई महत्वपूर्ण संयोगका रुपमा लिइएको छ।
पूर्वराजाको जन्मोत्सवमा शुभकामाना दिन तीनैवटा राप्रपाका नेताहरु नेपालगन्ज जाने तयारी गरेका छन्। एक दशक लामो इतिहासमा पूर्वराजाले आफ्नो मुद्दा बोकेका तर तीन टुक्रा भएर फुटेका राप्रपाका दोस्रो तहका नेतासँग भेटेर मुलुकमा राजनीतिक सक्रियता आवश्यक भयो भन्दै बैठक गर्न थालेका थिए।
गोप्य रुपमा विभिन्न पार्टीसँग आन्तरिक छलफल गर्न थालेका पूर्वराजाले आफ्नो जन्मदिनमा सबै राप्रपालाई मिलेर अघि बढ्न सन्देश दिने सम्भावना रहेको स्रोतको भनाइ छ।
पूर्वराजाको जन्मोत्सव मनाउन मध्य र सुदूरपश्चिमका राजावादीले तयारी थालेका छन्।
पूर्वाञ्चल भ्रमण गर्दा होस्, चाहे पश्चिमाञ्चल, मध्यपश्चिम वा सुदूपश्चिम, तराई भ्रमणको क्रममा आफूसँग भेट्न आउने अधिकांशलाई अब चुप लागेर बस्न नहुने र हिन्दु राज्यका लागि सक्रिय रहन आग्रह गर्दै आएका पूर्वराजाले नेपालभरका राजावादीलाई भेला गराएर आफ्नो जन्मदिन मनाउन लागेका हुन्। – नेपाल समाचार पत्रबाट
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्