Skip to content
LAXMI SUNRISE BANK

“एक कर्मचारी, एक फलफुल विरुवा”नाराका साथ एनआईसी एशिया बैंकको वृक्षारोपण कार्यक्रम सम्पन्न

अर्थ सरोकार

एनआईसी एशिया बैंक लिमिटेडले विश्व वातावरण दिवसको उपलक्ष्यमा “एक कर्मचारी, एक फलफुल विरुवा” भन्ने नाराका वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकले धापासीस्थित बैंकको प्राङ्गण, सम्पूर्ण क्षेत्रीय कार्यालयहरुका साथमा शाखा कार्यालयहरुको प्राङ्गणभित्र वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको हो ।
बिभिन्न प्रजातीका फलफूल र बोटविरुवाहरुको वृक्षारोपण गर्दै हरियाली अभियानद्वारा वातावरणीय सन्तुलनमा योगदान पुयार्उने बैंकले विश्वास लिएको छ ।
एनआईसी एशिया बैंकले देशभरी रहेका आफ्ना क्षेत्रीय कार्यालय तथा शाखा कार्यालय मार्फत देशका विभिन्न स्कुल, अस्पताल, सरकारी कार्यालय परिसर, उद्यान, खेलकुद मैदान आदि जस्ता स्थानहरुमा वृक्षारोपणको लागि उपयुक्त स्थान छनौट गरि सम्बन्धित संस्था वा समुदायको सहकार्यमा वृक्षारोपण गर्ने गरिरहेको छ । यसै क्रममा बैंकले हालसम्म करिब ११००० विरुवाहरुको वृक्षारोपण गरि वातावरणीय सन्तुलन र हरियाली कायम गर्न महत्वपूर्ण योगदान पुर्याएको छ ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK