Skip to content
LAXMI SUNRISE BANK

निर्धन उत्थानको सेयर लिलामी भर्ने आज अन्तिम दिन, कहाँ जाने फारम भर्न ?

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – निर्धन उत्थान विकास बैंकको ३ लाख ५७ हजार ८३.१२ कित्ता संस्थापक सेयर भर्ने आइतबार अन्तिम दिन रहेको छ । आज कार्यालय समयसम्म मात्र यो लिलामीमा आवेदन दिन सकिनेछ । कम्पनीले वैशाख १६ गतेदेखि लिलामी बिक्री खुला गरेको हो । लगानीकर्ताले ५२३ रुपैयाँलाई आधार मानेर बोलपत्र पेश गर्नुपर्नेछ ।
आवेदकले बिक्री प्रबन्धक एनआइबीएल क्यापिटल मार्केट लाजिम्पाट काठमाडौं तथा शाखा कार्यालयहरु लालदरबार, लगनखेल, पोखरा, बुटवल, वीरगञ्ज र विराटनगरबाट पनि आवेदन दिन सक्नेछन् । त्यस्तै, नेपाल इन्भेष्टमेन्ट बैंकको धनगढी, सुर्खेत, नेपालगञ्जर नारायणगढ शाखाबाट पनि आवेदन दिन सकिनेछ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK