×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एनएमबि बैंकको १ करोड १४ लाख कित्ता एफपीओ बिक्री खुला, कहिलेसम्म आवेदन दिन पाउने ?

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

एनएमबि बैंकको १ करोड १४ लाख कित्ता एफपीओ बिक्री खुला, कहिलेसम्म आवेदन दिन पाउने ?

Artha Sarokar

३० जेष्ठ २०७५, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं : एनएमबि बैंकको आज बुधबार देखि १ करोड १४ लाख १५ हजार १६३ कित्ता एफपीओ बिक्री खुला भएको छ ।  लगानीकर्ताले प्रतिकित्ता ३३३ रुपैयाँका दरले यो एफपीओमा आवेदन दिन सक्नेछन् । एनएमबिको मंगलबारको क्लोजिङ भाउ भने ३६७ रुपैयाँ छ ।  बैंकले १०० रुपैयाँ अंकित मूल्यमा २३३ रुपैयाँ प्रिमियम थपेर एफपीओ बिक्रीमा ल्याएको हो। यसमा सी–आस्वा सदस्य सबै बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सकिनेछ ।

बैंकले संस्थापक र सर्वसाधारण सेयरधनीको सेयर स्वामित्व ५१ः४९ अनुपातमा ल्याउन एफपीओ निष्कासन गर्न लागेको हो । यसअघि नेदरल्यान्डको एफएमओ नामक कम्पनीले एनएमबिको चुक्ता पुँजीको २०% एफपीओ २५० रुपैयाँ प्रिमियम भाउमा किनेको थियो ।

एनएमबिको एफपीओमा असार ३ गतेसम्म आवेदन दिन पाइनेछ । यो अवधिमा आवश्यक मात्रामा आवेदन नपरेमा भने असार २८ गतेसम्म भर्न पाउने व्यवस्था छ । यसको बिक्री प्रबन्धकको काम  नागरिक लगानी कोषले गर्ने भएको छ  ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी