×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एनएमबी बैंकको एफपीओमा लगानी गर्न यसकारण उचित छैन ! (रामु खनालको विश्लेषण)

अर्थ सरोकार

प्रकाशित मिति : ३० जेष्ठ २०७५, बुधबार

PRIME CA

एनएमबी बैंकको एफपीओमा लगानी गर्न यसकारण उचित छैन ! (रामु खनालको विश्लेषण)

  • रामु खनाल 
शेयर बजारमा लगानी गर्नुको प्रमुख उदेश्य नै आफ्नो लगानीको उचित प्रतिफल गर्न हो । जहान लगानी गर्दा पनि भविष्यमा हुन सक्ने नाफा घाटाको विश्लेषण गरेर मात्र लगानीको निर्णय गर्नुपर्छ । सहि समयमा सहि विश्लेषण गरेर सहि ठाउमा मात्र लगानी गरियो भने मुनाफा आर्जन गर्न सकिन्छ । होइन भने घाटामा गइन्छ भन्ने कुरामा दुईमत छैन । अत: यतातर्फ सबै लगानीकर्ताहरु समयमा नै सचेत हुनु जरुरी हुन्छ । 
बजारमा अहिले एनएमबी बैंकले एफपीओ निष्कासन गरिरहेको छ । अहिले उक्त एफपीओको मूल्य प्रिमियमसहित रु ३३३ अर्थात त्रिकि ट्र्यायल तोकिएको छ । उक्त बैंकको हिजोको बजार मुल्य रु ३६७ थियोे । बजार मुल्य र एफपीओको फरक मुल्य रु ३६७ – रु ३३३ = रु ३४ छ । बैकको बित्तीय विवरण , कम्पनीका सबल पक्ष , दुर्बल पक्षतिर भन्दा पनि बजारको बर्तमान पक्षबाट हेरौं । अहिले बजार घटिरहेको छ । बजारमा सबै हकप्रदको बिक्री भएको छैन लिलामीमा गहिरहेका छन् । लिलामी पनि नबिकेर तनाबको स्थिति छ । एनएमबी बैंकको एफपीओ वितरणपछि कारोबारको लागि आउने त दोस्रो बजारमा नै हो । बजारको नियम केहो भने बजारमा शेयर संख्या थपिए पछि त्यसको मुल्य घट्छ । अर्थात आपूर्ति धेरै हुन्छ । अहिलेको अवस्थामा त बजार मुल्य र एफपीओबीचको फरक मुल्य रु ३४ छ र एफपीओको शेयर बजारमा आइसकेको पछि मुल्य अझै घट्ने संभावना रहन्छ । 
बजार मुल्य एफपीओंको मुल्य भन्दा तल आयो भने त घाटा शुरु भयो । जसको लागि महङ्गोमा एफपीओ निष्कासन गरेको बुटवल पावरको एफपीओमा लगानी गर्ने लगानीकर्ताहरुको अहिलेको स्थिति हेरे पुग्छ । बजार मुल्य र एफपीओ मुल्यबीच प्रयाप्त मार्जिन नभएको शेयरमा लगानी गर्नु त्यति उचित देखिदैन । बजारको आधारबाट हेर्दा एनएमबी बैंकको एफपीओमा लगानी गर्नु पनि खासै उचित देखिदैन । एनएमबी बैंकको त्रिकि ट्र्यालको ट्र्यापमा नफसौ । लगानी गर्ने वा नगर्ने निर्णय तपाईको नै हो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: