
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – जेठ ३० गतेदेखि एनएमबि बैंकले १ करोड १४ लाख १५ हजार १६३ कित्ता एफपीओ बिक्री खुला गर्ने भएको छ । बैंकले १०० रुपैयाँ अंकित मूल्यमा २३३ रुपैयाँ प्रिमियम थपेर एफपीओ बिक्री गर्न लागेको । लगानीकर्ताले प्रतिकित्ता ३३३ रुपैयाँका दरले यो एफपीओमा आवेदन दिन सक्नेछन् ।
यसमा न्यूनतम १० कित्तादेखि अधिकतम ५७ हजार ७० कित्तासम्म आवेदन दिन सकिन्छ । एनएमबिको एफपीओमा असार ३ गतेसम्म आवेदन दिन पाइनेछ । यो अवधिमा आवश्यक मात्रामा आवेदन नपरेमा भने असार २८ गतेसम्म भर्न पाउने व्यवस्था छ । यसमा सी–आस्वा सदस्य सबै बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सकिनेछ ।
यसको बिक्री प्रबन्धक नागरिक लगानी कोष हो । बैंकले संस्थापक र सर्वसाधारण सेयरधनीको सेयर स्वामित्व ५१ः४९ अनुपातमा ल्याउन एफपीओ निष्कासन गर्न लागेको हो । एनएमबिले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा १ अर्ब ४१ करोड १६ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यसको चुक्ता पुँजी ६ अर्ब ४६ करोड १७ लाख ७४ हजार रुपैयाँ छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्