Skip to content
LAXMI SUNRISE BANK

प्रधानमन्त्रीले मिनेन्द्रलाई विद्धान नेता भनेपछि…

अर्थ सरोकार

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेस नेता मिनेन्द्र रिजाललाई नेपालले आफ्नै रेल चलाउने भएकाले शंका नगर्न आग्रह गरेका छन् । सांसद रिजालले संसदमा रेल र कम्युनिस्टको किस्सा सुनाएका थिए ।
शुक्रबार विनियोजन विधेयकमाथि सांसदले उठाएका प्रश्नको जवाफपछिको प्रतिप्रश्नको जवाफमा ओलीले भने,‘विद्वान भनेको विद्वान नै हुने रहेछ, उहाँलाई तिथिमिति समेत याद छ । रुसमा रेलको ड्राइभर को थियो भन्ने पनि याद रहेछ,’ उनले भने, ‘म भन्न चाहन्छु– नेपालमा रेल आउँछ, आफ्नै रेल कुद्छ ।’
आफूले नयाँ कुरा गर्दा केही मान्छेले अनौठो मान्ने र केही झस्किने गरेको टिप्पणी उनले गरे ।
‘रेलसँग झस्किनेको दुईवटा कुरा बुझिनँ, काठमाण्डुमा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल बनाउँदा यो गरीब देशमा को उड्छ, भन्ने थियो, अहिले विमानस्थल सानो भएर हैरान छ, अरु बनाउँदैछौं,’ ओलीले भने, ‘कोदारी राजमार्ग बन्दा उधुम विरोध भएको थियो, राजा महेन्द्रले भनेका थिए– गाडी चढेर कम्युनिष्ट आउने होइन । त्यसबेला कम्युनिस्ट प्रतिबन्धित थिए ।’
प्रधानमन्त्री ओलीले कतिपयले कुरै नबुझी विरोध गर्ने गरेको बताएका छन् ।
‘महाथिरले ८० किमि टाढा विमानस्थल बनाउँदा त्यति टाढा हवाइ मैदान बनाएको भनेर आलोचना भएको थियो । यहाँ ६ लेनको बाटो किन चाहियो भन्छन् । केहीले नबुझेर विरोध गर्छन् । चन्द्रशमशेरले त्रिचन्द्र कलेज बनाएपछि, आफ्ना खुट्टामा आफैँ बञ्चरो हान्दैछु भनेर बुझेरै हो । विद्वानको विरोध त्रिचन्द्र बनाउँदा नबुझेजस्तो हो ? कि मैले मेसो नपाएको हो यो ?’, प्रधानमन्त्रीले भने ।
त्यसअघि रिजालले रुसमा रेल र कम्युनिस्ट पार्टीको कथा सुनाएका थिए ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK