Skip to content
LAXMI SUNRISE BANK

ओम डेभलपमेन्ट बैंकको नयाँ शाखा काठमाडौँको न्युरोडमा, राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठले गरे उद्घाटन

अर्थ सरोकार

ओम डेभलपमेन्ट बैंक लि.ले काठमाडौंको न्यूरोडमा शाखा बिस्तार गरेको छ । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठले शाखाको बिधिवत समुद्धघाटन गरे । कार्यक्रममा नेपाल आदर्श माध्यामिक बिद्यालय न्यूरोड, काठमाण्डौंका बिद्यार्थीहरुलाई स्टेशनरी प्रदान गरिएको थियो ।
बैंकले जेष्ठ मसान्तसम्म १९ अर्ब ५० करोड निक्षेप संकलन गरी १७ अर्ब ५० करोड कर्जा लगानी गरेको छ भने शाखा संख्या ५३, कर्मचारी संख्या ४२६, ग्राहक संख्या करिब २ लाख ३५ हजार, एटिएम संख्या १७ रहेको र बिकास बैंकहरुमध्ये शाखारहित बैकिङ सेवा प्रदान गर्ने पहिलो बिकास बैंक भएको बैंकका प्रमुख कार्यकारी अधिकृत बिश्व मोहन अधिकारीले बताए ।
शाखा समुद्धघाटन कार्यक्रममा बैंकका सञ्चालक समितिका अध्यक्ष सुशील कुमार गोशलीले बैंकले जर्मनीको केएफडब्लु बैंकसंग साना तथा मझौला कर्जा अन्तर्गत २ लाख देखी ४० लाखसम्मको कर्जा लगानी गरिरहेको, ग्राहकहरुलाई निशुल्क सि–आश्वा सेवा प्रदान गरिरहेको, बिना धितो १५ लाख सम्म प्रोफेशनल कर्जा प्रदान गर्दै आईराखेको र भविष्यमा बिभिन्न आधुनिक बैंकिङ सेवा प्रदान गर्दै जाने ब्यहोरा जानकारी गराएका थिए ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK