Skip to content
LAXMI SUNRISE BANK

सनराइज बैंकको नयाँ शाखा पाल्पामा, हालसम्म शाखा संख्या ८६ पुग्यो

अर्थ सरोकार

काठमाडौं-  शाखा विस्तारलाई निरन्तरता दिदै सनराइज बैंकले बुधबार पाल्पामा एक शाखा सञ्चालन गरेको छ। बैंकले निस्दी गाउँपालिका वडा नं ५ मा आफ्नो ८६ औं शाखा बिस्तार गरेको छ।उक्त शाखाको उद्घाटन गाउँपालिकाक अध्यक्ष मुक्त बहादुर सरूले गरेका छन्। 
 बैंकले आफ्ना ग्राहकर्वगहरुलाई विभिन्न सुविधा दिने क्रममा हालै बचतखाताका ग्राहकहरुको लागि “स्वास्थ्य बीमा सुविधा” सुरु गरेको छ। देशभरका ७० भन्दा वढी तोकिएका निजी अस्पतालहरुमा स्वास्थ परिक्षण गराउँदा ५ देखि २० प्रतिशत सम्म छुट उपलब्ध हुने व्यबस्था मिलाएको छ। बैंकले बचत खातामा रहेको मौज्दातको ४ गुणा वा रु. ५ लाख सम्मको दुर्घटना बीमा पनि दिदै आएको छ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK