
काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार गर्नेलाई कडा कार्वाही गर्ने चेतावनी दिएका छन् । प्रदेश ३ को प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भ्रष्टाचारीको मुहार समेत नहर्ने बताए ।
‘मैले भनेको छु, म पनि भ्रष्टाचार गर्दिन, भ्रष्टाचार गर्न पनि दिन्न, भ्रष्टाचार गर्यो भने मुहार पनि हेर्दिन,’ उनले भने, ‘पहिला कारबाही हुन्छ । त्यसपछि बल्ल हेरौँला । मेरो मान्छे थियो की, मेरो पार्टीको थियो, हेन्डसम थियो की, व्यूटिफुल थियो केही पनि हेर्दिन् कारबाही हुन्छ ।’
उनले मुलुकको विकासका लागि पनि सरकारले भ्रष्टाचार उन्मूलन अभियान नै सञ्चालन गर्ने बताए । प्रधानमन्त्री ओलीले सरकारले गरिबी, भ्रष्टाचार र पछौटेपनको विरुद्ध आक्रमणको नीति लिएको बताए ।
प्रधानमन्त्री ओलीले मुलुकको विकासका लागि भ्रष्टाचारलाई अन्त्य गर्न सहकार्य गरेर अघि बढ्न प्रदेश सरकारहरूलाई पनि आग्रह गरे । उनले कृषिको आधुनिकीरकरण, व्यवसायिकीकरण गर्ने प्रतिबद्धता पनि जनाए ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्