
काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले आफुले नै बनाएको नियम उलंघन गरेका छन् । उनी पहिलो पटक प्रधानमन्त्री हुँदा राजकीय विदेश भ्रमण निर्देशिका जारी गरेका थिए । तर दोस्रो पटक प्रधानमन्त्री बन्दा आफैले बनाएको नियम उलंघन गर्दै लावा लस्करसहित प्रधानमन्त्री ओली चीन भ्रमणमा पुगेका छन् ।
प्रधानमन्त्रीको राजकीय विदेश भ्रमणमा १८ जना लिने निर्देशिकामा उल्लेख छ । तर ओलीले १०० भन्दा बढिको लावा लस्करसहित चीन पुगेका छन् । चीन पुगेका मध्ये ५० जनाभन्दा बढि राज्यको खर्चमा पुगेको सरकारी अधिकारीहरुले बताएका छन् । रेल तथा पूर्वाधारसम्बन्धी विभिन्न सम्झौताहरू गर्ने भन्दै ओली बेजिड पुगेका हुन् । केही समयअघि भारत जाँदा पनि ओलीले निर्देशिकाले तय गरेको भन्दा बढि ब्यक्तिलाई सरकारी खर्चमा भ्रमण गराएका थिए ।
प्रधानमन्त्रीको भ्रमण दलको आकारबारे स्पष्ट व्यवस्था हुँदाहुँदै पनि त्यसको पालना प्रधानमन्त्री ओलीले नगरेको पूर्वमु्ख्य सचिव विमल कोइरालाले बताए । प्रधानमन्त्रीको भ्रमण दलमा रहेका सदस्यहरु र उनीहरुको पद, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले अति विशिष्ट व्यक्ति र विशिष्ट व्यक्तिको भ्रमणका लागि बनाएको निर्देशिका विपरित रहेको देखिएको छ।२०७२ सालमा जारी निर्देशिकामा प्रधानमन्त्रीको राजकीय वा औपचारिक भ्रमणमा सहभागी गराउन मिल्ने व्यक्तिहरु १८ जनाको पद नै तोकिएको छ।
पूर्व मुख्यसचिव कोइरालाका अनुसार भ्रमणलाई व्यवस्थित र मितव्ययी बनाउन जारी निर्देशिकाको पालना नहुँदा आगामी दिनमा त्यसको नियमनमा नै समस्या देखिने छ। अब झनै गाह्रो हुन्छ, यो निर्देशिका कसले हेर्ने ? प्रधानमन्त्रीले नै पालना नगरेपछि नियमन कसले गर्ने ? त्यहाँ प्रश्न उठछ। नियमन गर्ने निकाय नै भएन कोइरालाले भने ।
विभिन्न देशमा राजदूत भएर काम गरेका पूर्व परराष्ट्रमन्त्री भेषबहादुर थापाले ती देशका अधिकारीहरुले समेत नेपालको भ्रमण टोलीलाई लिएर गुनासो गर्ने गरेको अनुभव सुनाएका छन् । उनले भने, नेपालले जहिले पनि ठूलो टोली ल्याएर हामीलाई अप्ठेरोमा पार्छ भनेर त्यहाँका नेपाल हेर्ने प्रतिनिधिले भन्थे। हाम्रो परम्परा भैसकेको छ निर्देशिका निकाल्ने, पालना नगर्नेू
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्