
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – असार ११ गतेदेखि प्रभु बैंकले सेयर लिलामीमा बिक्री खुल्ला गर्ने भएको छ । बैंकले संंस्थापक समूहको १५ लाख ६० हजार २०३ कित्ता र सर्वसाधारण समूहको ६ लाख ७१ हजार ६२ कित्ता गरि जम्मा २२ लाख ३१ हजार २६५ कित्ता सेयर लिलामीमा बिक्री गर्न लागेको हो । लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर प्रतिस्पर्धात्मक बोलकबोलमा सहभागी हुनुपर्नेछ । संस्थापक समूहतर्फ न्यूनतम १००० कित्ता र सर्वसाधारण तर्फ १०० कित्ता वा सो भन्दा बढी १० अंकले भाग जाने संख्यमा आवेदन दिन सकिनेछ ।
यसमा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड, कमलादी काठमाडौंबाट बोलपत्र फारम लिन र बुझाउन सकिनेछ । त्यसैगरी, प्रभु बैंकको केन्द्रीय कार्यालय बबरमहल काठमाडौं तथा वीरगञ्ज, विराटनगर, बुटवल, पोखरा र सुर्खेत शाखाबाट पनि आवेदन दिन सकिनेछ ।प्रभुकै नेपालगञ्ज, धनगढी, बाग्लुङ र कावाशोती नवलपरासी शाखाबाट पनि आवेदन दिन मिल्नेछ ।
आवेदन दिने अन्तिम म्याद असार १८ गतेसम्म तोकिएको छ । हाल प्रभुको चुक्ता पुँजी ८ अर्ब १३ लाख ३४ हजार रुपैयाँ रहेको छ । लिलामी पछि चुक्ता पुँजी ८ अर्ब २३ करोड ३९ लाख ६२ हजार ८०० रुपैयाँ पुग्नेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्