Skip to content
LAXMI SUNRISE BANK

भ्रष्ट प्रधानाध्यापकमाथि अखिल क्रान्तिकारीको यस्तो कदम, अफिसमै पुगेर दल्यो कालोमोसो

अर्थ सरोकार

भ्रष्ट बनेर अभिभावकहरुलाई दुख दिएको भन्दै अछाम जिल्लाको विनायकस्थित विद्यामन्दिर उच्च माविका प्रधानाध्यापक वीरबहादुर शाहीलाई अखिल क्रान्तिकारीले कालोमोसो दलेको छ ।
नेपाल कम्युनिस्ट पार्टी निकट अखिल क्रान्तिकारीका कार्यकर्ताहरुले मंगलबार बिहान १० बजेतिर विनायकस्थित विद्यालयको अाफ्नै कार्यकक्षमै रहेका शाहीलाई कालोमोसो दलेका हुन् ।
केही समय पहिले वृद्धि गरेको शूल्क फिर्ता हुनुपर्ने, विद्यालयमा भएको अनियमितताको छानविन हुनपर्नेलगायतका माग राखि अखिल क्रान्तिकारीले विद्यालयको प्रशासनमा तालाबन्दी गरेको थियो ।
आफ्ना मागहरुको बेवास्ता गरेको, प्रहरी प्रशासन लगाएर विद्यार्थीलाई गिरफ्तार गराउने षड्यन्त्र गरेको भन्दै विद्यार्थीहरुले शाहीलाई कालोमोसो दलेका हुन् ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK