
काठमाडौं – आरएसडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडले असार १७ गतेदेखि २१ लाख ५९ हजार ७०० कित्ता हकप्रद सेयर निष्कासन गर्ने भएको छ । चुक्तापुँजी बढाउन संस्थाले ५ कित्ता बराबर ३ कित्ता अनुपातमा उक्त सेयर निष्कासन गर्न लागेको हो । आवेदन दिने अन्तिम म्याद साउन २० गतेसम्म छ ।
उक्त सेयरको निष्कासन तथा बिक्री प्रवन्धक एनआईबीएल एस क्यापिटल लिमिटेडले जनाएको छ । रुपन्देहीको बुटवलमा केन्द्रीय कार्यलय रहेको आरएसडीसीको हकप्रद बाँडफाँडपछि चुक्तापुँजी ५७ करोड ५९ लाख रुपैयाँ पुग्ने छ । हाल संस्थाको चुक्तापुँजी ३५करोड ९९ लाख रुपैयाँ छ ।
संस्थामा ६० प्रतिशत संस्थापक र ४० प्रतिशत सर्वसाधारणको स्वामित्व रहेको छ । जेठ २१ गतेसम्म नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा कारोबार भई कायम रहेका साविकका सेयरधनीले मात्र हकप्रदका लागि आवेदन दिन पाउने छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्