
काठमाडौं – राष्ट्रिय जनता पार्टी (राजपा) संसदीय दलको नेतामा अध्यक्ष मण्डलका अध्यक्ष महन्थ ठाकुर अल्पमतमा परेका छन् । राजपा संसदीय दलको नेतामा ठाकुर र राजेन्द्र महतोले दावी गर्दै आएका छन् । पार्टी अध्यक्ष मण्डलमा ठाकुरको पकड बलियो भएपनि संसदीय दलमा भने उनी कमजोर बनेका छन् । संसदीय दलको नेता सांसदले छान्नेछन् ।
ठाकुरको पक्षमा ७ जना सांसद रहेका छन् भने महतोको पक्षमा ८ सांसद रहेका छन् । पार्टी मुख्यालय बबरमहलमा तीन दिनसम्म चलेको राजनीतिक समितिको बैठकमा महतोले ठाकुरलाई अप्ठेरोमा पारेको स्रोतले बताएको छ । असार ४ गतेदेखि ६ गतेसम्म चलेको राजनीतिक समितिको बैठकमा महतो हाबी भएका छन् । संयोजक ठाकुरले बैठकमा सरकारमा प्रवेश देखि महाधिबेशनसम्मका निर्णय गर्ने आफुले नसकेको र त्यसको जिम्मा अध्यक्ष मण्डललाई दिएको बताएका थिए । त्यसलगतै सदस्य महतोले संसदीय दलको नेतामा आफुलाई अगाडी सारेका थिए ।
राजपा अध्यक्ष मण्डलका सदस्यहरु भने संयोजक ठाकुरलाई संसदीय दलको नेता बनाउने पक्षमा छन् । हामी संसदीय दलको नेता सहमतिमा चयन गर्छाै, निर्वाचन हुँदैन,-अध्यक्ष मण्डलका सदस्य शरदसिंह भण्डारीले भने । तर महतो पक्षमा मनिष सुमनले भने संसदीय दलको अधिकार राजनीतिक समितिले खोस्न नसक्ने बताए । -सहमति या निर्वाचन जे भएपनि संसदीय दलबाट हुन्छ । राजनीतिक समितिबाट हुँदैन-सुमनले भने ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्