
राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले आफ्ना उत्कृष्ट कार्य सम्पादन गर्ने शाखा कार्यालयहरु तथा कर्मचारीहरुलाई पुस्कार वितरण गरेको छ । बैंकले ५३ औं वाषिकोत्सबको अवसरमा २०७४ माघ १० गते घोषणा गरेको पुरस्कार एक समारोहका बीच बिहिबार बैंक संचालक समितिका अध्यक्ष महेन्दमान गुरुङ्गले वितरण गरेका हुन् ।
कार्यक्रममा सर्वोत्कृष्ट कार्य सम्पादन गरे वापत सर्वोत्कृष्ट कर्मचारी पुरस्कार संस्थागत तथा साना मझौला कर्जा विभागका विभागीय प्रमुख मुख्य प्रवन्धक नरेशराज अर्याललाई नगद रु ५० हजार र प्रमाणपत्र प्रदान गरिएको थियो । त्यसैगरी उत्कृष्ठ कार्य सम्पादन गरे वापत अन्य २९ जना कर्मचारीलाई उत्कृष्ट कर्मचारी पुरस्कार नगद रु २० हजार र प्रमाणपत्र प्रदान गरिएको थियो ।
सो अवसरमा प्रथम हुने शाखा कार्यालय नाराणपुर शाखाका प्रवन्धक खेम डांगीलाई नगद रु ५० हजार र प्रमाणपत्र पुरस्कार प्रदान गरियो । त्यसैगरी अन्य अत्कृष्ट कार्य सम्पादन गर्ने १६ वटा शाखा कार्यालयका प्रवन्धकहरुलाई नगद रु १० हजार देखि रु ३० हजार सम्म र प्रमाणपत्र पुरस्कार प्रदान गरियो ।
सो कार्यक्रममा बैंक संचालक समितिका अध्यक्ष महेन्द्रमान गुरुङ्गले उत्कृष्ट कर्मचारी तथा शाखा कार्यालयका प्रवन्धकहरुलाई पुरस्कार प्रदान गर्दै बैंकिङ्ग क्षेत्रमा नयां नयां प्रविधि र सोचको विकास भइरहेको सन्दर्भमा सरकारी बैंकले साधारण बैंकिङ्ग सेवा मात्र दिएर प्रतिस्पर्धी बजारमा टिक्न नसकिने हुँदा आधुनिक सेवा दिनुपर्ने विचार ब्यक्त गरे ।बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले रावा बैंक क्लिन र स्मार्ट बैंकिङ्गको रुपमा अगाडी बढिरहेको उल्लेख गरे ।
कार्यक्रममा बैंक संचलक समितिका सदस्यहरु रवीन्द्रलाल श्रेष्ठ, जनककुमार बराल, अर्जुनबहादुर अधिकारी, डा. माधबप्रसाद दाहाल, नायब प्रमुख कार्यकारी अधिकृतद्धय भुपेन्द्र पाण्डे, कविराज अधिकारी, नायब महाप्रवन्धकहरु टेकराज जोशी, उद्धबप्रसाद खनाल, विभागीय प्रमुखहरु लगायत कर्मचारीहरुको उपस्थिती रहेको थियो ।
कार्यक्रममा राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपालका अध्यक्ष हेमराज सुवेदी, नेपाल वित्तीय संस्था कर्मचारी संघ, रावा बैंकका अध्यक्ष गगनसिंह घिमिरे, नेपाल राष्ट्रिय कर्मचारी संगठन, रावा बैंकका अध्यक्ष दिपेन्द्र कार्कीले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए । कार्यक्रममा नायब महाप्रवन्धक उद्धबप्रसाद खनालले स्वागत मन्तब्य तथा ब्रान्च अपरेशन विभागका प्रवन्धक लक्ष्मीप्रसाद पराजुलीले कार्यक्रम संचालन गरेका थिए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्