
राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले गोरखा जिल्लाको गण्डकी गाउँपालिका वडा नं. ५ दर्बुङ्ग स्थित बुढिगण्डकी आयोजनाबाट प्रभावित जनसमुदायका लागि स्वास्थ्य शिविर कार्यक्रम सम्पन्न गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शनिबार उक्त कार्यक्रम सम्पन्न गरेको हो ।
कार्यक्रमको उद्घाटन गर्दै बैंकका नायब महाप्रवन्धक उद्धबप्रसाद खनालले बैंकले शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, खेलकुद तथा अन्य सामाजिक क्षेत्रमा नियमित रुपमा सहयोग पुर्याउदै आएको साथै भविष्यमा पनि सहयोग गरिरहने प्रतिबद्धता व्यक्त गरे ।
त्यस्तै, ललितपुरको किष्ट शिक्षण अस्पतालको सहकार्य र गोरखा जिल्ला गण्डकी गाउंपालिकाको समन्वयमा आयोजना गरिएको स्वास्थ्य शिविरमा स्थानीय विरामीहरुलाई जनरल, मानसीक र स्त्रीरोग विशेषज्ञहरुबाट परामर्श सेवा प्रदान गरी औषधी समेत वितरण गरिएको थियो । बैंकले स्थानीय जनसमुदायको भव्य उपस्थिति रहेको सो कार्यक्रममा वित्तीय सचेतना कार्यक्रम समेत संचालन गरेको थियो ।
उक्त कार्यकममा ब्रान्च अपरेशन विभागका प्रवन्धकहरु लक्ष्मीप्रसाद पराजुली, बेदप्रसाद आचार्य, शाखा कार्यालय गोरखाका प्रवन्धक महेन्द्र तिमिल्सना, कर्मचारीहरु चुडामणी गुप्ता, ईश्वर उप्रेती, स्थानीय रत्नेश्वर मा.वि.का व्यवस्थापन समितिका अध्यक्ष बिष्णु घिमिरे, गण्डकी गाँउपालिका वडा नः ५ का सचिव सोमलाल तवारी, दर्बुङ्ग स्वास्थ्य शिविरका नि.इन्चार्ज पप्पु रानियारको समेत उपस्थिति रहेको थियो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्