×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सबैले बुझौं अनि खबरदारी गरौँ है ! ‘आन्तरिक राजश्वको सर्कुलर फिर्ता भएको छैन, स्थगन भएको मात्र हो’

अर्थ सरोकार

प्रकाशित मिति : २३ जेष्ठ २०७५, बुधबार

PRIME CA

सबैले बुझौं अनि खबरदारी गरौँ है ! ‘आन्तरिक राजश्वको सर्कुलर फिर्ता भएको छैन, स्थगन भएको मात्र हो’

  • सुरज प्याकुरेल / अर्थ सरोकार डटकम 
सुरुमा त सबै लगानीकर्ताहरुलाई बधाई छ । आन्दोलनमा रहेका लगानीकर्ताहरुको आन्दोलन केहि हदसम्म भएपनि सफल भएको छ । बोनस र हकप्रद सेयरमा पुरानै विधिबाट पुँजीगत लाभकर गणना गर्न अर्थमन्त्रालयले निदेर्शन दिएपछि लगानीकर्ताको आन्दोलन सफल भएको हो । यो निर्णयसँगै बुधबारको शेयर कारोबार खुल्ने भएको छ । सहमति अनुसार बुधबार कारोबार सुरु भइसकेको छ । सहमति अनुसार अर्थमन्त्रालयले लाभकरको बिषयमा अध्ययन गर्न गठित समितिको प्रतिवेदन नआएसम्म पुरानै विधिबाट लाभकर गणना गर्ने व्यवस्था गर्न आन्तरिक राजश्व विभागलाई निर्देशन दिएको हो । 
तर यो निर्णय हाललाई स्थगन मात्र हो । पूर्ण रुपमा फिर्ता भएको होइन । सरकारले लगानीकर्ताका केहि नेताहरुलाई आफ्नो प्रभावमा पारेर पुन: यो निर्णय लदाउने दुष्प्रयास गरिरहेका छन् । यस विषयमा सबैजना सजग हुनुपर्ने आवश्यकता देखिन्छ । सहमतिअनुसार लगानीकर्ताका नेताहरुको समेत सहभागितामा लाभकरको बिषयमा अध्ययन गरी १५ दिनभित्र प्रतिवेदन तयार हुनेछा भने सोहि प्रतिवेदनका आधारमा नयाँ व्यवस्था हुनेछ । तर सो प्रतिवेदनलाई पनि आफु अनुकुल बनाउन मन्त्रालयले प्रयास गरिरहेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: