
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – समता माइक्रोफाइनान्सको ५०% हकप्रद सुरक्षित गर्ने सोमबार अन्तिम दिन रहेको छ । कम्पनीले हकप्रद निष्कासन गर्नका लागि मंगलबार बुक क्लोज गर्ने भएको छ । सोमबारसम्म कायम सेयरधनीले मात्र यो हकप्रद आवेदन दिन पाउने छन् । कम्पनीले असार २७ गतेदेखि २ः१ अनुपातमा १ लाख ८९ हजार ६०० कित्ता हकप्रद सेयर बिक्री गर्न लागेको हो । यो हकप्रद साउन २९ गतेसम्म भर्न सकिनेछ ।
यसमा बिक्री प्रबन्धक एनआइबीएल लाजिम्पाट काठमाडौं तथा शाखा कार्यालयहरु लालदरवार काठमाडौं, लगनखेल ललितपुर, पोखरा, बुटवल, वीरगञ्ज र विराटनगरबाट पनि आवेदन दिन पाइनेछ । त्यसैगरी, समताको जीतपुर सिमरा लगायत शाखा तथा धितोपत्र बोर्डबाट अनुमति प्राप्त आश्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट पनि हकप्रद भर्न मिल्नेछ ।
हाल समताको चुक्ता पुँजी ३ करोड ७९ लाख ३० हजार रुपैयाँ छ । हकप्रद बिक्रीपछि चुक्ता पुँजी ५ करोड ६८ लाख ८० हजार रुपैयाँ पुग्नेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्