
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – असार २७ गतेदेखि समता माइक्रोफाइनान्स वित्तीय संस्थाको ५०% हकप्रद सेयर बिक्री खुला गर्ने भएको छ । कम्पनीले २ः१ अनुपातमा १०० रुपैयाँ अंकित मूल्यको १ लाख ८९ हजार ६०० कित्ता सेयर बेच्न लागेको हो । यो हकप्रदमा आवेदन दिन सकिनेछ । असार ११ गतेसम्म कायम सेयरधनीले साउन २९ गतेसम्म आवेदन दिन सकिनेछ ।
बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटल लाजिम्पाट काठमाडौं तथा शाखा कार्यालयहरु लालदरवार काठमाडौं, लगनखेल ललितपुर, पोखरा, बुटवल, वीरगञ्ज र बिराटनगरबाट पनि आवेदन दिन पाइनेछ ।
त्यसैगरी, समताको जीतपुर सिमरा लगायत शाखा तथा धितोपत्र बोर्डबाट अनुमति प्राप्त आश्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट पनि हकप्रद भर्न मिल्नेछ । हाल समताको चुक्ता पुँजी ३ करोड ७९ लाख २० हजार रुपैयाँ छ । हकप्रद बिक्रीपछि चुक्ता पुँजी ५ करोड ६८ लाख ८० हजार रुपैयाँ पुग्नेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्