Skip to content
LAXMI SUNRISE BANK

समिट माइक्रोफाइनान्सका २५ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – समिट माइक्रोफाइनान्स डेभलपमेन्ट बैंकका ५ जना संस्थापक सेयरधनीले २५ हजार कित्ता सेयर बिक्री गर्ने भएका छन् । 
संस्थापक सेयरधनी शिव कुमार कटुवालले ५ हजार, इन्द्र नारायण राईले ३ हजार र बलराज ताजपुरियाले ६ हजार कित्ता सेयर बिक्री गर्न लागेका हुन् । त्यसैगरी, रुपमाया गुरुङले ९ हजार र दिनेश कुमार सुवेदीले २ हजार कित्ता सेयर बिक्री गर्न लागेका हुन् ।
यसमा समिट माइक्रोफाइनान्सका संस्थापक सेयरधनीले मात्र आवेदन दिन पाउनेछन् । संस्थापकले नकिनेमा मात्र सर्वसाधारणले किन्न सक्नेछन् । सेयर खरिद गर्न इच्छुक व्यक्तिले सूचना सार्वजनिक भएको मिति (असार १२ गते) बाट ३५ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालय बिर्तामोड झापामा पुग्ने गरी आवेदन दिनुपर्नेछ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK