Skip to content
LAXMI SUNRISE BANK

गरिमा र लुम्बिनी विकास बैंकबीच रेमिट्यान्स सम्झौता, ढकाल र रेग्मीलद्वारा सम्झौतापत्रमा हस्ताक्षर

अर्थ सरोकार

काठमाडौं- गरिमा विकास बैंक लिमिटेड र लुम्बिनी विकास बैंक लिमिटेडबीच रेमिट सञ्चालन गर्ने सम्बन्धमा सम्झौता भएको छ । बुधबार एक कार्यक्रमकाबीच उक्त सम्झौता सम्बन्धि गरिमा विकास बैंक लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकाल र लुम्बिनी विकास बैंक लिमिटेडको तर्फबाट कायममुकायम प्रमुख कार्यकारी अधिकृत उमेश रेग्मीले सम्झौतापत्रमा हस्ताक्षर गरेक छन्  ।
उक्त सम्झौतापश्चात लुम्बिनी विकास बैंक लिमिटेडका देशभर सञ्चालनमा रहेका ६३ वटा शाखा कार्यालयबाट गरिमा रेमिटमार्फत रकम पठाउन, भूक्तानी गर्न तथा खातामा जम्मा गर्न तथा गरिमा विकास बैंक लिमिटेडका देशभर सञ्चालनमा रहेका ५७ वटा शाखा कार्यालयबाट लुम्बिनी रेमिटमार्फत रकम पठाउन, भूक्तानी गर्न तथा खातामा जम्मा गर्न सकिने भएको छ ।     
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

GARIMA BIKAS BANK