×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सचिवको पारिश्रमिक, सेवाको शर्त र सुविधासम्बन्धी विधेयक प्रस्तुत

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

सचिवको पारिश्रमिक, सेवाको शर्त र सुविधासम्बन्धी विधेयक प्रस्तुत

Artha Sarokar

१३ असार २०७५, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – प्रतिनिधिसभाको आजको बैठकमा “संघीय संसद्का महासचिव, प्रतिनिधिसभाका सचिव तथा राष्ट्रियसभाका सचिवको पारिश्रमिक, सेवाको शर्त र सुविधासम्बन्धी विधेयक, २०७५” प्रस्तुत गरिएको छ ।
कानून, न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङले ती विधेयक बैठकसमक्ष प्रस्तुत गरेको हो । संविधानले नै परराष्ट्र नीति निर्देशित गरेको छ –परराष्ट्र मन्त्री ज्ञवाली
परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपालको संविधानले नै नेपालको परराष्ट्र नीति निर्देशित गरेको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा सांसदका प्रश्नको जवाफमा उहाँले स्वतन्त्र र सन्तुलित परराष्ट्र नीति नेपालले अवलम्बन गरेको छ भने ।
परराष्ट्रमन्त्री ज्ञवालीले पारस्परिक हित र मैत्रीपूर्ण सम्बन्धका आधारमा हालै प्रधानमन्त्रीबाट छिमेकी देश भारत र चीनको भ्रमण सम्पन्न गरेको जानकारी दिँदै भ्रमणका क्रममा भएका सहमति एवं सम्झौता कार्यान्वयनमा आएको बताए ।
परराष्ट्रमन्त्री ज्ञवालीले नेपालको सीमा सुरक्षा गर्न सरकार प्रतिबद्ध रहेको स्पष्ट पार्दै नेपाल र भारतबीचका सीमा स्तम्भ मर्मत कार्य जारी रहेको जानकारी दिदै “वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकका हक, हित तथा अधिकार सुरक्षित गर्न परराष्ट्र मन्त्रालय प्रतिबद्ध छ ।”
प्रवासमा काम गर्न गएकामध्ये दुर्घटनामा परी विभिन्न देशमा हाल २० जना नेपाली कोमामा रहेका र ३३५ कारागारमा रहेका जानकारी दिँदै उहाँले राजदूत नियुक्ति कार्य व्यवस्थित बनाइने जानकारीसमेत दिए ।
आर्थिक कूटनीतिलाई अझ व्यापक बनाउने र आर्थिक कूटनीतिमार्फत समृद्धि हासिल गरिने चर्चा गर्दै परराष्ट्र मन्त्री ज्ञवालीले विदेशस्थित नेपाली राजदूतावासलाई आर्थिक कूटनीतिमा परिचालनसमेत गरिने र राहदानीलाई अझ व्यवस्थित गरिने बताए । संसद् बैठक जारी छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी