Skip to content
LAXMI SUNRISE BANK

पाकेटमारले झन्डै १३ लाखको चेक र २८००० रुपैयाँ पैसा भएको पर्स चोर्दा पत्रकारले थुतेर सम्बन्धित धनीलाई बुझाए !

अर्थ सरोकार

भक्तपुर – गाडीमा सवार एक व्यक्तिबाट फिल्मी शैलीमा लुटिएको रकम गाडीमा सँगै सवार रहेका पत्रकारले ‘हिरो’ शैलीमा लुटेराबाट  खोसेर सम्बन्धित धनीलाई बुझाएका छन्। पाकेटमारले बसबाट लुटेको पर्स र चेकसहितको पैनो तेह्र लाख रुपैयाँ पत्रकार सञ्जीव दाहालले सम्बन्धित धनीलाई फिर्ता गर्न सफल भएका हुन् ।मंगलबार साँझ भक्तपुर ठिमी शंखधर चोकमामा पाकटेरमारले यात्रु जीतबहादुर बस्नेतको पाइन्टबाट पर्स चोरेर फरार हुने क्रममा पत्रकार दाहालले थुतेर त्यो पर्स लिएका थिए । तर पत्रकार दाहालले उक्त पर्स ठुतेपछी केहि बेरको घम्साघम्सीपछि चोर भागेको थियो । 
पत्रकार दाहालले दिएको जानकारी अनुसार सिन्धुपाल्चोक-२ बाह्रबिसेका बस्नेतलाई नगद २८ हजार १३० र सानिमा बैंकसहित दुई बैंकका १२ लाख ८७ हजारको चेक र एटिएमसहितको पर्स फिर्ता गरिएको छ । ५२ वर्षे बस्नेत सजना इन्टरप्राइजेजका सञ्चालक हुन् । नगद र पर्स फिर्ता गरिएपछि दाहाललाई पाँच हजार पुरस्कार पनि बस्नेतले दिए। पत्रकार दाहाल बिगत लामो समयदेखि पत्रकारितामा सक्रिय छन् ।  
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK