
काठमाडौं – पहिलो संस्करणको एसइइ मोडल हन्ट २०१८को उपाधि दिया श्रेष्ठ र कृशल श्रेष्ठले जितेका छन् ।
डिएम इन्टरटेन्मेन्टको आयोजना र थ्रीडि नेपालको व्यवस्थापनमा भएको प्रतियोगितामा ५० जना प्रतिस्पर्धीलाई पछाडी पार्दै तनहुँकी १४ बर्षिया दिया श्रेष्ठ र बनेपा साँगाका १६ बर्षिय कृशल श्रेष्ठले जितेका हुन् ।
त्यस्तै, निशान चेम्जोङ लिम्बु र कृषा श्रेष्ठ फ्रस्ट रनर्स अप तथा समृद्वि गिरी र आयुष लामा सेकेन्ड रनर्स अप घोषित भए । शुक्रबार साँझ काठमाडौंको जमलस्थित राष्ट्रिय नाचघरमा सम्पन्न सो कार्यक्रममा उत्कृष्ट १५, उत्कृष्ट ५ हुँदै अन्तिम चरणमा विजेताको घोषणा गरिएको थियो ।
प्रतियोगिता अन्तर्गत वेष्ट वाकमा दिया श्रेष्ठ र कृशल श्रेष्ठ, वेष्ट फिगर स्वेच्छा खड्गी, वेष्ट स्माईल रोजी श्रेष्ठ र अनिल कँडेल, मोस्ट कन्फिडेन्ट प्रिज्मा महर्जन र लक्की रे, मोस्ट फोटोजेनिक समृद्धि गिरी र निशान चेम्जोङ लिम्बु, मिस बब्ली स्मृती पुन, मिस एलिगेन्ट अनुभूती श्रेष्ठ र मिस स्टाईलिस् अन्श्रिया श्रेष्ठघोषित भए।
त्यस्तै, मिस ट्यालेन्ट प्रशंसा सुबेदी, मोस्ट ग्ल्यामरस रिसिका महर्जन, मिस क्यारिसम्याटीक रोमिना मानन्धर, मिस इन्टेलिजेन्ट मानसी बम, वेष्ट हेयर मोनिका गुरुङ, मिस फेशन आईकन एनी पुजारी, मिस कन्जिनियल दिब्या पुरी, मिस फ्रेन्डली सुसिन श्रेष्ठ, मिस पर्सनालिटी स्वीकृति गिरी,मिस्टर फ्रेन्डली सुसिन श्रेष्ठघोषित भए ।
त्यस्तै, मोस्ट डिसिप्लेन अनिसा इमाम र एनएल पुन, मिस्टर फ्रेन्डली सुवास पण्डित, मिस्टर ट्यालेन्ट कुशल शाक्य, मिस्टर पर्सनालिटी कृशल श्रेष्ठ,मिस्टर पपुलरर पर्सानालिटी एनएल पुन, बेस्ट स्पिकर सुदर्शन खनाल र मोनिका लामा, मिस पपुलर रिया डंगोल, मिस मल्टिमिडिया कृषा श्रेष्ठ,मोस्ट ब्यूटिफुल दिया श्रेष्ठ र बेष्ट ड्रेस भूमिका प्रधान कायस्थले अवार्ड हात पार्न सफल भएका छन् ।
देशका विभिन्न ठाउँ र स्कुललाई प्रतिनिधित्व गर्दै प्रतियोगीतामा सहभागी भएका प्रतिस्पर्धीहरुलाई म्यानहन्ट नेपाल इन्टरनेशनल विजेता सनिश शाक्य र इन्डियाज नेक्स्ट टप मोडलकी फ्रष्ट रनर अप सबिता कार्कीले कोरियोग्राफी गरेका हुन् । प्रतियोगीहरुलाई ४० दिनसम्म बिभिन्न तालिम तथा कार्यशालाहरु मार्फत प्रशिक्षण गरिएको थियो । करिब १ हजार दर्शक, अतिथिहरु, निर्णायक मण्डल र विभिन्न कलाकारहरुको प्रस्तुतीको साथमा ग्रान्ड फिनालेको समापन भएको आयोजक डेनी मगरले जानकारी दिनुभयो ।
प्रतियोगितामा रमेश उप्रेती, दिपक घिमिरे, सबिता कार्की र अक्षय रायमाझी निर्णायकको भूमिका हुनुहुन्थ्यो । एसइइ मोडल हन्टका बिजेता तथा उप विजेताले क्राउन सहित नगद पुरस्कार साथै कक्षा ११ र १२ अध्ययनको लागि पूर्ण छात्रावृत्ति, विभिन्न गिफ्टहरु र प्रमाणपत्र प्राप्त गरेकाछन् । सबैको कडा परिश्रम र राम्रो टिम वोर्कका कारण प्रतियोगिता निकै सफल भएको र आगामी दिनमा पनि ‘एसइइ मोडल हन्ट’ लाई अझै भब्य बनाउन ‘एसइइ मोडल हन्ट’ लाई हरेक बर्ष सिक्वेन्सको रुपमा आयोजना गर्ने थ्रीडि नेपालका रिदम कार्कीले बताउनुभयो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्