
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – श्री इन्भेष्टमेन्ट एन्ड फाइनान्स कम्पनीको २६.५७% बोनस सुरक्षित गर्ने आइतबार अन्तिम दिन रहेको छ । कम्पनीले सोमबारदेखि बुक क्लोज गर्ने भएको छ । आइतबारसम्म कायम सेयरधनीले मात्र यो बोनस सुरक्षित गर्न सक्नेछन् । कम्पनीले बोनसका लागि १६ करोड ७९ लाख ७८ हजार ५६८ रुपैयाँ खर्च गर्न लागेको हो ।
कम्पनीले असार २२ गते साधारण सभा गर्ने भएको छ । यता, श्री इन्भेष्टमेन्टले २०७३ माघ १८ गतेसम्म कायम सेयधनीलाई बोनस सेयरमा कर छुट दिने प्रस्ताव सभामा लैजानेछ । कम्पनीले यसअघि एभरेष्ट फाइनान्स लिमिटेडलाई मर्ज गरेको थियो । मर्ज अघि सेयरधनी बनेकाले २ वर्षसम्म कर छुट पाउने व्यवस्था छ । सभा अमृतभोक क्याटरर्स प्रा.लि. कालिकास्थान काठमाडौंमा बिहान १० बजेबाट सुरु हुनेछ ।
बोनसपछि चुक्ता पुँजी वृद्धि हुने भएकाले सोही बमोजिम नियमावली संशोधन गर्ने एजेन्डा पनि रहनेछ । आर्थिक वर्ष २०७३–७४ को सञ्चालक समितिको प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गर्ने प्रस्ताव पनि छ । यस्तै, आर्थिक वर्ष २०७४–७५ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने अर्को एजेन्डा पनि छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्