
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – शुभम पावर लिमिटेडले आइतबारदेखि २ लाख कित्ता सेयर आइपिओ बिक्री खुल्ला गरेको छ । उक्त आइपिओ कम्पनीले १०० रुपैयाँ दरमा संखुवासभा जिल्लाका आयोजना प्रभावित बासिन्दाका लागि खुला गरेको हो ।यसमा असार ३ गतेसम्म आवेदन दिन सकिनेछ । तोकिएको अवधि भित्र आवश्यक आवेदन नपरेमा असार २४ गतेसम्म भर्न पाइनेछ ।
बिक्री प्रबन्धकको काम सीबीआइएल क्यापिटलले गरेको छ । यसमा न्यूनतम ५० देखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन पाइनेछ । आवेदकले शुभम पावर लिमिटेड चैनपुर संखुवासभा, एनएमबि माइक्रोफाइनान्स वित्तीय संस्था तुम्लिङटार र मामलिङ शाखाबाट सेयर भर्न सक्नेछन् । यसैगरी, प्राइम बैंकको खाँदबारी र तुम्लिङटार शाखाबाट पनि आवेदन दिन पाइनेछ ।एभरेष्ट बैंक र सेन्चुरी बैंकको खाँदबारी शाखाबाट पनि सेयर भर्न सकिने सुविधा छ ।
कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दालाई कुल १०% आइपीओ निष्कासन गर्न लागेको हो । शुभमले हाल ९९० किलोवाटको पिलुवाखोला जलविद्युत आयोजना सम्पन्न गरी २०६८ साउन १ गतेदेखि बिजुली उत्पादन गरिरहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्