Skip to content
LAXMI SUNRISE BANK

असारमा सिद्धार्थ इन्स्योरेन्स हकप्रद सेयर निष्कासन हुँदै, असार १७ गतेदेखि आवेदन दिन पाइने

अर्थ सरोकार

काठमाडौं –  असार १७ गतेदेखि सिद्धार्थ इन्स्योरेन्स लिमिटेडले हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले चुक्तापुँजी बढाउन ३५ प्रतिशत अर्थात २२ करोड ४४ लाख ९७ हजार रुपैयाँ बराबरको २२ लाख ४४ हजार ९७३ कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको हो ।हकप्रद निष्कासन साउन २० गते बन्द हुने कम्पनीले जनाएको छ।  
यसको बिक्री प्रवन्धक एनएमबी क्यापिटल लिमिटेडले गर्ने  जनाएको छ । बैंशाख ३० गतेसम्म कायम रहेका सेयरधनी मात्र हकप्रद सेयरका लागि आवेदन दिन योग्य हुने भएका छन् ।
हकप्रद बाँडफाँडपछि कम्पनीको चुक्तापुँजी बढेर ८६ करोड ५१ लाख रुपैयाँ पुग्ने छ । हाल सिद्धार्थको चुक्तापुँजी ६४ करोड १४ लाख रुपैयाँ छ ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK