Skip to content
LAXMI SUNRISE BANK

सिन्धु बिकास बैंकका अध्यक्षले नै सहकारीको ऋण लिएर तिरेनन्, ‘अति’ भएपछि सहकारीको कर्जा चुक्ता गर्ने पत्र !

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ- कुनैबेला कांग्रेसलाई भोट नदिए बैंकबाट कर्मचारी निकाल्ने भनेर धम्की दिएको भनी चर्चामा आएका सिन्धु बिकास बैंकका अध्यक्षको अर्को काण्ड बाहिरिएको छ । उनले एक सहकारीको ऋण लिएर तिर्ने अटेरी गरेपछि अन्तत: बैंकले कर्जा चुक्ता गर्ने पत्र नै सार्वजनिक गरेको खुलासा भएको छ । बैंकका अध्यक्ष राजेन्द्र कुमार श्रेष्ठलाई काठमाडौंको न्युरोडमा रहेको एक्सिस बचत तथा ऋण सहकारी संस्था लिमिटेडले कर्जा चुक्ता गर्न आउनको लागि ३५ दिन सूचना प्रकाशित गरेपछि यस्तो खुलासा भएको हो । श्रेष्ठ नेपाल काँग्रेसको तर्फबाट सिन्धुुपाल्चोक क्षेत्र नम्वर १ को २ बाट प्रत्यक्ष निर्वाचन उठेका थिए ।
यस अघि पनि श्रेष्ठ विभिन्न प्रकरणका आरोपित थिए । चुनाव अघि आफ्ना मान्छेलाई बैंकमा भर्ती गर्न बैंकमा भ्याकेन्सी खोलेको भन्ने आरोप लागेका उनलाई ऋण तिर्न आउनु भनी ३५ दिने सूचना समेत जारी गरिएको छ । अर्थ सरोकार डटकमलाई प्राप्त जानकारी अनुसार जेठ २७ गते आइतबार उक्त सहकारीले नीज श्रेष्ठ श्रेष्ठ र उनका भाइशिवराम श्रेष्ठको नाउँमा ३५ दिने सूचना जारी गरेको हो । उनी नेपाल उद्योग वाणिज्य महासंघको बाग्मती अञ्चल सदस्य तथा सिन्धुुपाल्चोक उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष समेत हुन् । 
श्रेष्ठ दाजुभाईले लिएको कर्जा तिर्नका लागि पटक पटक मौखिक तथा लिखित ताकेता गर्दा समेत कर्जा चुक्ता गर्न चासो नदेखाई आलटाल गरेको भन्दै उनीहरुका लागि ३५ दिनभित्र कर्जा चुक्ता गर्न आउन सूचना जारी गरिएको सहकारी स्रोतको दावी छ । ‘ कर्जाको किस्ता, सावाँर ब्याज भुक्तानी गर्नू भनेर हामीले पटक पटक तागेता गर्यौं । तर उनी सम्पर्कमा नआउने, हामीलाई अटेरी गर्ने लगायतका काम गर्न थालेपछि हामी सूचना जारी गर्न बाध्य भयौं ।’ सहकारीका एक उच्च तहका कर्मचारीले अर्थ सरोकार डटकमसँग भने । अहिले जारी गरेको पत्र अनुसार समयमा कर्जा भुक्तानी गर्न नआएमा सहकारी ऐन २०४८ को दफा ४९ को नियम प्रयोग गरी धितो लिलाम तथा अन्य व्यवस्था गरी कर्जा असुल गर्ने तयारी सहकारीले गरेको छ ।
यो पनि पढ्नुहोस् :

सिन्धु बिकास बैंकमा अध्यक्षको मनपरी, काँग्रेसलाई भोट नदिए जागिर नै गुम्ने !

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK