Skip to content
LAXMI SUNRISE BANK

सूर्या लाइफ इन्सुरेन्सले १२% बोनस दिदैं, कति पुग्छ पुँजी ?

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – सूर्या लाईफ इन्सुरेन्सले १२% बोनस सेयर दिने भएको छ । हाल कायम रहेको चुक्ता पुँजी ७२ करोड १८ लाख ७५ हजार रुपैयाँको आधारमा भने बोनस दर १६.८०% हुन्छ, तर ४०% हकप्रद भर्नेले समेत बोनस पाउने हुँदा बोनस दर समायोजन भई १२% हुने सूर्याले जनाएको छ । यो बोनस सेयर हाल बिक्री भइरहेको ४०% हकप्रद भर्नेले पनि पाउने भएका छन् । 
कम्पनीले बोनस सेयरमा लाग्ने कर तिर्न ६३ लाख ८२ हजार ८९५ रुपैयाँ नगद लाभांश पनि दिने भएको छ । ४०% हकप्रद बिक्री गरिसकेपछि सूर्याको चुक्ता पुँजी १ अर्ब १ करोड ६ लाख २५ हजार रुपैयाँ हुनेछ । यो पुँजीको १२% बोनस दिएपछि भने पुँजी १ अर्ब १३ करोड १९ लाख रुपैयाँ पुग्नेछ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK