
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – युनाइटेड फाइनान्स लिमिटेडले चार्टड एकाउन्टेन्सी प्रोफेसनकै बेइज्जत हुने गरी भ्याकेन्सी आह्वान गरेको छ । कम्पनीले ५ जनाको लागि मेनेजमेन्ट ट्रेनीमा सिए पास गरेको वा माष्टर्स इन इकोनोमिक्स गरेका कर्मचारीको माग गरेको हो ।
कम्पनीले २७ जुनको द हिमालयन टाइम्स अंग्रेजी दैनिक पत्रिकामा सार्वजनिक सुचना जारी गर्दै यस्तो लाजमर्दो भ्याकेन्सी प्रकाशित गरेको हो । जुलाई ११, २०१८ सम्म ३० बर्ष ननाघेका सिएहरुबाट उसले आवेदन मागेको हो । इच्छुकहरुले [email protected] मा आफ्नो सीभी पठाउन सक्ने कम्पनीले जनाएको छ ।
यस अघि ग्लोबल आइएमइ बैंकले सिएलाई मेनेजमेन्ट ट्रेनीमा मागेको भन्दै आइक्यानले यस विषयमा आफ्नो असन्तुष्टी जनाएको थियो भने आइक्यानका अध्यक्ष प्रकाश जंग थापाले बैंकको एचआर विभागमा यसबारे कुरा राखेपछि बैंकले माफीसमेत मागेको थियो ।
अझ अचम्मको कुरा त के छ भने यसअघि यो कम्पनीले चार्टड एकाउन्टेन्टसमेत लेख्न नजानेको बेइज्जतीलो भ्याकेन्सी प्रकाशित गरेको थियो । अव यो प्रकरणमा आइक्यानले के गर्छ, त्यो भने हेर्न बाँकी नै छ ।
यता यस विषयमा प्रश्न गर्दा सिएहरुलाई नियमन गर्ने संस्था नेपाल चार्टड एकाउन्टेन्ट्स संस्था (आइक्यान)का अध्यक्ष प्रकाश जंग थापाले भने, ‘यो हुनै नसक्ने कुरा कसरी भएछ, म बुझ्छु । तर जे भयो गलत भयो ।’
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्