Skip to content
LAXMI SUNRISE BANK

‘काँग्रेसीहरु चिच्याएका हुन्, निर्णय फिर्ता हुन्न ! आन्दोलनका नाममा कारोबार रोक्नेलाई कडा कारवाही हुन्छ’

अर्थ सरोकार


  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – आन्तरिक राजस्व विभागले बोनस र हकप्रदको लाभ गणना सम्बन्धी नयाँ व्यवस्था लागु भएको कुरा नेपाल स्टक एक्चेन्ज, धितोपत्र बोर्ड, सिडीएस एण्ड क्लियरिङ्ग लिमिटेडलाई पत्राचार गरेपछि त्यसको सिधा असर आइतबारको बजारमा परेपछि यसबारे विभिन्न लगानीकर्ताका संघहरु आन्दोलनमा उत्रने बताएपछि उक्त ब्रिफिङ पाएका अर्थमन्त्रीले आन्दोलनमा आउनेहरु काँग्रेसी कार्यकर्ता भएको आरोप लगाएका छन् । सोमबार विहानै आन्तरिक राजश्व कार्यालयका केहि उच्च अधिकारीको ब्रिफिङपछि अर्थमन्त्री खतिवडाले यस्तो तर्क राखेको विभाग स्रोतको दावी छ ।
‘यो कुरा पहिलादेखि नै उठेको हो । गत साल महालेखाले यहि विषयला टेकेर बेरुजु निकालेको छ । काँग्रेसीहरु कराउँदै गरुन्, कुनै पनि हालतमा यो निर्णय फिर्ता हुँदैन ।’ विभागका उच्च अधिकारीलाई अर्थमन्त्रीले भनेका छन्, ‘यदी आन्दोलनको बहानामा कारोबार रोक्ने काम भयो भने त्यस्ता ब्रोकरहरुलाई एक-एक गरी कारवाही गरिन्छ ।’ यता इन्भेष्टर्स फोरम बाहेकका अन्य दुई संघ सेयर लगानीकर्ता संघ र पूँजीबजार लगानीकर्ता संघले भने यो निर्णयको विरुद्ध आन्दोलनको तयारी गरिसकेका छन् । फोरमले भने एउटा सामान्य औपचारिक बिज्ञप्ति मात्र निकालेर यो निर्णयको ‘विरोधका लागि विरोध’ गरेको छ भने सामाजिक संजालमा विरोध चर्काएको छ । यसबारे अर्थमन्त्रीसँग मत माग्ने अधिकांसलाइ खतिवडाले ‘काँग्रेसीहरु चिच्याएका हुन्, निर्णय फिर्ता हुन्न ! आन्दोलनका नाममा कारोबार रोक्नेलाई कडा कारवाही हुन्छ’ भन्दै जवाफ फर्काएको स्रोतको दावी छ । 
मिति २०७५ जेष्ठ २० गते देखि लागु हुने गरी बोनस शेयर र हकप्रद शेयरको लागत मूल्य गणना गर्दा शेयरको अङ्कित चुक्ता मूल्यलाई लागत मानेर सोही आधारमा लाभको गणना गर्नु पर्नेगरी परिपत्र गरेको थियो ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK