×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अनसनस्थल बन्यो रणमैदान, अन्ततः डा. केसी काठमाडौँ आउन तयार

LAXMI SUNRISE BANK

अनसनस्थल बन्यो रणमैदान, अन्ततः डा. केसी काठमाडौँ आउन तयार

३ श्रावण २०७५, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – जुम्लामा आमरण अनसनरत डा. गोविन्द केसी काठमाडौं आउन सहमत भएका छन् ।
प्रहरीले आफ्ना समर्थकमाथि बलप्रयोग गरेपछि डा. केसी आफैं काठमाडौं आउन तयार भएका हुन् । केहीबेरमा उनलाई नेपाली सेनाको हेलिकोप्टरबाट काठमाडौं ल्याएर शिक्षण अस्पतालमा भर्ना गरिनेछ । यसअघि सरकारले डाक्टरहरुको टोलीसहित नेपाली सेनाको हेलिकोप्टर पठाएको थियो ।
तर, डा. केसीका समर्थकहरुले काठमाडौंबाट गएको टोली र प्रहरीलाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रहेका डा. केसीसम्म पुग्नै दिएका थिएनन् ।
डा. केसीले पनि आफ्नो स्वास्थ्यप्रति सरकार गम्भीर हो भने माग पुरा गर्न सरकारलाई आग्रह गरे । तर, स्थानीय प्रशासनले डा. केसीका समर्थकमाथि लाठीचार्ज गर्नुका साथै अश्रुग्यास हानेको छ । लाठी चार्जबाट थुप्रै विद्यार्थी तथा स्थानीय घाइते भएका छन् ।
यता प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस, राष्ट्रिय जनता पार्टी र नयाँ शक्ति पार्टीबीच चिकित्सा शिक्षा विधेयक र गोविन्द केसीको आमरण अनसनबारे साझा धारणा बनाउन छलफल भएको छ ।
संघीय संसद भवन नयाँ वानेश्वरमा भएको तीन दलको बैठकमा चिकित्सा शिक्षा विधेयक र केसीको अनसनको विषयमा साझा धारणा बनाउने र संसदमा सशक्त आवाज उठाउने विषयमा छलफल भएको हो ।
बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतो र नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराई सहभागी छन् ।
नेपाली कांग्रेसले गोविन्द केसीको आमरण अनसनप्रति सरकार गम्भीर हुनुपर्ने र चिकित्सा शिक्षा अध्यादेशअनुसार नै विधेयक आउनुपर्ने भनाइ राख्दै संसद अवरुद्ध गर्दै आएको छ । संसद बैठक बस्दैछ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी